INSEC Online

📅 २०८३ श्रावण २

समाचार

चितवन कारागारबाट भागेका एक जना झापाबाट गिरफ्तार

कारागार कार्यालय भरतपुर, चिवतनमा पुर्पक्षमा रहेको अवस्थामा जेनजी आन्दोलनको मौकामा छोपी फरार भएका एक जनालाई थुनुवालाई प्रहरीले मङ्सिर ७ गते झापामा गिरफ्तार गरेको छ । ओखटोपहार मुद्दामा पुर्पक्षका लागि कारागार

झुम्का कारागारबाट भागेका एक जना कैदी गिरफ्तार

जेनजी आन्दोलनका क्रममा रामधुनी नगरपालिका–५ मा रहेको झुम्का कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ । जेनजी आन्दोलनको मौका छोपेर झुम्का कारागारबाट भागेका मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का

तनहुँमा ८ हजार ३ सय ६६ मतदाता थपिए

तनहुँमा ८ हजार ३ सय ६६ जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता अभियान सञ्चालन गरिएकोमा जिल्लामा ८ हजार

एमाले नेता महेश बस्नेतमाथि आक्रमण गर्ने दुई जना गिरफ्तार 

युवा संघको सुनसरीको इटहरीमा आयोजित कार्यक्रमका लागि सहभागी हुन आएका एमाले नेता महेश बस्नेतमाथि विराटनगर एयरपोर्टमा ०८२ मङ्सिर ७ गते आक्रमणको गरेको आरोपमा प्रहरीले  विराटनगर महानगरपालिका-२ का १९ वर्षीय अर्पित

२५ वर्ष अगाडी बेपत्ता भएका चौधरी दम्पतीको दाहसंस्कार

बेपत्ताको अवस्था सार्वजनिक नभएपछि शान्ति सम्झौता भएको दिन पारेर राज्य पक्षले बेपत्ता पारेको बर्दियाको बारबर्दियामा नगरपालिका– ११ बेलभारका २४ वर्र्षीय चैतेलाल चौधरी र पत्नी सिताजानकी चौधरीको धागोको शव बनाएर दाहसंस्कार

जिल्ला ६ सय २३ एचआईभी सङ्क्रमितले एआरभी सेवा लिँदै, नियमित सेवा नलिँदा जोखिम बढ्दो

कपिलवस्तु जिल्लामा दुई ओटा एआरटी सेन्टरबाट ६ सय २३ जना एचआईभी सङ्क्रमितले नियमित रूपमा एआरभी (एन्टीरेट्रो भाइरल) को सेवा लिँदै आएका छन् । कपिलवस्तु अस्पतालले सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कक

बलात्कार गरेको कसुरमा ७ वर्ष ४ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–१ का १७ वर्षीय दुई बालकलाई ७ वर्ष ४ महिना कैदको सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको प्रसूति सेवा ठप्प

प्रदेश अस्पताल बेनीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा प्रसूति सेवा बन्द भएको छ । जिल्ला सदरमुकाममा रहेको एक मात्रै सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालबाट बाहिरिएपछि गत महिनादेखिनै प्रसूति सेवा

फरार थुनुवा गिरफ्तार

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, बिर्तामोडको हिरासतबाट फरार भएका दुई जना थुनुवालाई प्रहरीले ०८२ मङ्सिर ५ गते गिरफ्तार गरेको छ । जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २३ र २४

प्रहरी कार्यालय आगजनी घटनाका आरोपित गिरफ्तार 

जेनजी आन्दोलनमा क्रममा इलाका प्रहरी कार्यालय, दमकमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले दमक नगरपालिका–९ का १९ वर्षीय सुन्दर गिरीलाई ०८२ मङ्सिर ४ गते गिरफ्तार गरेको छ। प्रहरी कार्यालयमा तोडफोड

शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउन आयोगको जोड

विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका केही कार्य पूरा भए तापनि द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने कार्य पूरा हुन नसक्दा पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकार कुण्ठित बन्न पुगेको राष्ट्रिय मानव अधिकार

कुटपिट घटनाका आरोपित गिरफ्तार

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–८ उल्टी टोलका २१ वर्षीय धनराज साह र भोक्राहा नर्सिंङ गाउँपालिका–६ की २०  वर्षीया लक्ष्मीकुमारी यादवले ०८२ असार १९ गते अन्तरजातीय विवाह गरेपछि धनराजका बाबु देवनारायण साहलाई

आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै द्वन्द्वपीडितहरु आज धर्नामा बसेका छन् । विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय

मोरङ कारागारमा एक थुनुवाको मृत्यु 

जिल्ला कारागार कार्यालय मोरङको थुनामा रहेका पथरी शनिश्चिरे नगरपालिका–४का ५७ वर्षीय गंगाबहादुर लिम्बूको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । अभद्र व्यवहार मुद्दामा थुनामा रहेका लिम्बूको ०८२ मंसिर ३ गते

बारामा जेनजी समूह र प्रहरीबिच झडप: चार जना घाइते

जेनजी समूहले ०८२ मङ्सिर ४ गते बिहान दोषिहरुको पहिचान गरी कारबाहीको माग गर्दै सिमरामा प्रदर्शन गरेका छन् । प्रदर्शन पुनः तनावपूर्ण बनेपछि प्रहरीले लाठिचार्ज गर्नुका साथै चार राउण्ड अश्रु ग्याँस

बलात्कार घटनाका आरोपित गिरफ्तार 

४५ वर्षीया महिलालाई बलत्कार गरेको आरोपमा प्रहरीले लिम्चुङबुङ गाउँपालिका-१ बांसबोटे मिलन टोलका ५८ वर्षीय ज्ञानबहादुरलाई ०८२ मङ्सिर ३ गते गिरफ्तार गरेको छ। पीडित महिलालाई आरोपितले मङ्सिर १ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका—४ पट्खौली निवासी ३२ वर्षीय मानसिंह चौधरीलार्ई ०८२ मङ्सिर ४ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई ०८२ मङ्सिर २ गते बलात्कार

दाङमा सरकारी कार्यालय आगजनी र तोडफोड घटनाका २७ आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा दाङमा सरकारी कार्यालय तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले २७ जनालाई गिरफ्तार गरेको छ । ०८२ भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालय, अदालतलगायतका थुप्रै

जिल्ला कारागार झापाका एक कैदीको मृत्यु

जिल्ला कारागार कार्यालय, झापामा कैद भुक्तान गरिरहेका भारत पश्चिम बंगाल राज्य दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर लिम्बूको उपचारका क्रममा मङ्सिर ५ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । बलात्कार मुद्दामा

पीडितको न्यायको अधिकार सुनिश्चित गर : इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ मङ्सिर ५ गते  जारी गरेको विज्ञप्तिमा १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको २० वर्ष भएको भए पनि विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धताहरूमध्ये द्वन्द्वपीडितका