INSEC Online

📅 २०८३ जेष्ठ २१

एमाले नेता महेश बस्नेतमाथि आक्रमण गर्ने दुई जना गिरफ्तार 

युवा संघको सुनसरीको इटहरीमा आयोजित कार्यक्रमका लागि सहभागी हुन आएका एमाले नेता महेश बस्नेतमाथि विराटनगर एयरपोर्टमा ०८२ मङ्सिर ७ गते आक्रमणको गरेको आरोपमा प्रहरीले  विराटनगर महानगरपालिका-२ का १९ वर्षीय अर्पित कुवँर र विराटनगर महानगरपालिका-१ का २५ वर्षीय संजोग गैतमलाई गिरफ्तार गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडांलले बस्नेतमाथि आक्रमण र दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई अनुसन्धानका लागि गिरफ्तार गरिएको बताउनु भएको छ। गिरफ्तार गरिएकाहरुलाई मङ्सिर ७ गते बेलुका अभिभावकको जिम्मा रिहा गरिएको छ ।

विनोद सुवेदी 

अन्य

भिडियो