४५ वर्षीया महिलालाई बलत्कार गरेको आरोपमा प्रहरीले लिम्चुङबुङ गाउँपालिका-१ बांसबोटे मिलन टोलका ५८ वर्षीय ज्ञानबहादुरलाई ०८२ मङ्सिर ३ गते गिरफ्तार गरेको छ।
पीडित महिलालाई आरोपितले मङ्सिर १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।
पीडित पक्षको उजुरीपछि आरोपित अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ३ गते गरिएको छ।