जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, बिर्तामोडको हिरासतबाट फरार भएका दुई जना थुनुवालाई प्रहरीले ०८२ मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।
जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २३ र २४ गते इलाका प्रहरी कार्यालय, बिर्तामोडको हिरासतबाट फरार भएका कन्काई नगरपालिका–२ का ३३ वर्षीय रमेश मुखिया सुनुवार र कन्काई नगरपालिका–२ का ४२ वर्षीय चन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको हो ।
लागू औषध मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, विर्तामोडको हिरासतमा रहेको अवस्थामा फरार भएका दुई जनालाई इलाका प्रहरी कार्यालय, सुरुङ्गाले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भएको छ ।