३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका—४ पट्खौली निवासी ३२ वर्षीय मानसिंह चौधरीलार्ई ०८२ मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई ०८२ मङ्सिर २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ३ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको ।