INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गर्ने शिक्षक विरूद्ध उजुरी दर्ता

सम्मरीमाई गाउँपालिका–६ स्थित  ज्ञानदीप ईङलिस बोर्डिङ्ग स्कुल पोखरहवामा कक्षा पाँचमा अध्यनरत १२ वर्षीय मोहमद तोफिक देवानलाई कुटपिट गरेको अरोपमा  पीडित पक्षले पुस १८ गते उक्त विद्यालयका कम्प्युटर शिक्षक २५ वर्षीय शैलेन्द्र बरई विरूद्ध इलाका प्रहरी कार्यालय मर्चावारमा उजुरी दर्ता गरेको छ ।

आरोपित शिक्षकले  कम्प्युटर विषयको प्रयोगात्मक कक्षामा नजानेको आरोपमा लाठीले कुटपिट गरी डेक्समा टाँउको ठोकाएको पीडितका हजुर बुबा अहमद हुसेन देवानले  बताउनु भयो ।

कुटपिटबाट बाँया आँखा र बाँया खुट्टामा चोट लागेका पीडितको लुम्बिनी रण अम्बिका आँखा अस्पताल, भैरहवामा पुस १७ गते  उपचार भयो । घटना पश्चात आरोपित शिक्षक फरार रहेको र पुस १७ गतेदेखि विद्यालय बन्द रहेको स्थानीय पत्रकार अस्लाम खानले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय,मर्चवारका इन्स्पेक्टर पोषणराज ढकालले आरोपित शिक्षक फरार रहेको र  उजुरीका आधारमा कारवाही अगाडि बढाउने बताउनु भयो   ।

अन्य

भिडियो