INSEC Online

📅 २०८३ जेष्ठ २१

चितवन कारागारबाट भागेका एक जना झापाबाट गिरफ्तार

कारागार कार्यालय भरतपुर, चिवतनमा पुर्पक्षमा रहेको अवस्थामा जेनजी आन्दोलनको मौकामा छोपी फरार भएका एक जनालाई थुनुवालाई प्रहरीले मङ्सिर ७ गते झापामा गिरफ्तार गरेको छ ।

ओखटोपहार मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय भरतपुर, चितवनको थुनामा रहेका झापा, शिवसताक्षी नगरपालिका ८ का २९ वर्षीय आशिष सुब्बा जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते कारागारबाट फरार भएका थिए ।

घरमा लुकिछिपी बस्दै आएका सुब्बालाई घरबाटै ०८२ मङ्सिर ७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

सुब्बालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको र आवश्यक कानुनी प्रक्रियापछि जिल्ला प्रहरी कार्यालय, चितवन पठाइने डिएसपी खड्काको भनाइ छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो