INSEC Online

📅 २०८३ जेष्ठ २१

२५ वर्ष अगाडी बेपत्ता भएका चौधरी दम्पतीको दाहसंस्कार

बेपत्ताको अवस्था सार्वजनिक नभएपछि शान्ति सम्झौता भएको दिन पारेर राज्य पक्षले बेपत्ता पारेको बर्दियाको बारबर्दियामा नगरपालिका– ११ बेलभारका २४ वर्र्षीय चैतेलाल चौधरी र पत्नी सिताजानकी चौधरीको धागोको शव बनाएर दाहसंस्कार गरिएको छ । उनीहरुलाई राज्यपक्षले २५ वर्ष अगाडि बारबर्दिया नगरपालिका–५ जब्दहवाबाट बेपत्ता पारेको थियो ।

फुपुको घरबाट साइकलमा घर आउँदै गर्दा बारबर्दिया नगरपालिका– ५ मा पर्ने जब्दहवा गाउँबाट तत्कालिन नेपाली सेनाको टोलीले दाइ भाउजूलाई २०५८ साल पुस ५ गते गिरफ्तार गरी बेपत्ता पारेको भाइ भागीराम चौधरीले बताउनु भयो ।

हालसम्म पनि दाइ भाउजूको अवस्था सार्वजनिक हुन नसकेपछि सामाजिक र सांस्कृतिक दबाब, राजनीतिक अस्थिरका कारण धागोको शव बनाएर अन्तिम संस्कार गरिएको हो ।’ उनले भने, ‘दाइ भाउजूको दाहसंस्कार थारू संस्कृति अनुसार गरेका छौँ । काजकिरिया गरेपनि राज्यले बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गरिदियोस् भन्ने चाहना रहेको उहाँले बताउनु भयो ।

विस्तृत शान्ति सम्झौता २०६३ मङ्सिर ५ गते भएको थियो । शान्ति सम्झौतामा बेपत्ता अवस्था ६ महिना भित्र सार्वजनिक गर्ने सहमति भएको थियो । तर शान्ति सम्झौता भएको २० वर्ष हुँदा समेत राज्य पक्षले बेपत्ताको अवस्था सार्वजनिक गर्न चाहेको छैन् । द्वन्द्वकालका राज्यपक्ष र माओवादी गरी बर्दियाबाट २ सय ५४ जनालाई बेपत्ता पारिएको थियो ।

प्रकाश पौडेल

अन्य

भिडियो