INSEC Online

📅 २०८३ असार १७

फिचर

सपना र पीडाले टुटेको आशा

शुकलाल विक, उमेरले १७ वर्ष । साविक मार्तडी गाविस–२ स्थित मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत । २०५८ असोज ११ गते शुक्रबारको दिन । अन्य दिनझैँ त्यो दिन पनि

हरेक बिहान बल्झिने घाउः २२ वर्षदेखि धैरेनीतर्फ पुगिरहने तीन आमाका आँखा

हरेक बिहान घाम झुल्किनुअघि बगनासकाली गाउँपालिका–४, महछाप खानीछापका तीन घरका आँगनमा एउटै दृश्य दोहोरिन्छ। घरको डिलमा उभिएर तीन आमाका आँखा करिब दुई किलोमिटर तल सिद्धार्थ राजमार्गको धैरेनी मोडतर्फ पुग्छन्। त्यही

न्यायको खोजीमा द्वन्द्वपीडित परिवारको संघर्ष

रातको ९ बजे, गाउँका अधिकांश घरमा खाना पाकिसकेको थियो । दिनभरको काम सकेर मानिसहरू खाना खाने र सुत्ने तयारीमा थिए । त्यो रात ०५९ चैत ३ गते उदयसिंह धामी पनि

द्वन्द्वपीडित परिवार अझै न्याय र राहतको आशामा

धनगढी उपमहानगरपालिका—१४ स्याउले (साविकको फुलवारी गाविस—७ स्याउले) घर भएकी ८० वर्षीेया द्वन्द्व पीडित हरीना सार्कीले विगत २४ वर्षदेखि छोरा तुलाराम सार्कीको न्यायको पर्खाईमा बसिरहनु भएको छ । सशस्त्र द्वन्द्वको समयमा

न माओवादीले सम्झियो, न सरकारले हाम्रो दुःख बुझ्यो

घरको नाम थियो पार्वती ताम्राकार । तर, युद्धले उनको नाम फेरिदियो, ‘शिला’। युद्धले नाम मात्रै होइन, जीवनको बाटो पनि फेरियो । १९ वर्षीया युवतीले घर, परिवार र आमाको काख छाडेर

सामाजिक र मनोवैज्ञानिक पीडामा एकल महिला

पति गुमाएपछि एकल जीवन बिताउन बाध्य महिलाहरू आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक पीडाको दोहोरो–तेहरो मारमा परिरहेका छन्। कालगतिले पति गुमाएका वा दशक लामो सशस्त्र द्वन्द्व, वैदेशिक रोजगारी, दुर्घटना तथा सम्बन्धविच्छेदका कारण

फोहोर जङ्गलमा फाल्दा दुर्गन्ध फैलियो, वातावरणीय अधिकारमाथि प्रश्न

तानसेन नगरपालिकाको बजार क्षेत्रबाट संकलन हुने फोहोर खुला रूपमा देउराली सामुदायिक वनअन्तर्गत वनदेवी जङ्गल क्षेत्रमा विसर्जन गरिदा स्थानीय बासिन्दा दुर्गन्ध, प्रदूषण तथा सम्भावित स्वास्थ्य जोखिमको मारमा परेका छन्। दीर्घकालीन फोहोर

स्वास्थ्य बिमा : गरिबको उपचारको आधार कमजोर बन्दै

रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका ८६ वर्षीय नामदेव विश्वकर्माको यो प्रश्न केवल एक व्यक्तिको चिन्ता होइन, स्वास्थ्य बिमा सेवामा निर्भर हजारौं विपन्न नागरिकको साझा पीडा हो । दम, उच्च रक्तचाप लगायतका दीर्घरोगबाट

सुके पानीको ‘मूल’ बढ्यो सङ्कट

बर्दिबास–१ का ७५ वर्षीय भक्त भण्डारी बस्तीको सिरानको पानीखोल्सीको अवस्था देखेर वीरक्तिनुहुन्छ । “यो खोल्सीको जरुवा दुई दशकअघि पहिलेको बर्दिबास क्षेत्रभरिकै खानेपानीको स्रोत थियो, अहिले त पानी बग्ने पहिलेको ठाउँमा

 ‘पानी देऊ’ भन्दै बित्दैछन् स्थानीयका वर्षहरू

मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाका लागि पानी माग गर्दै आएको वर्षौ भयो । यहाँका महिला, बालबालिका र वृद्धहरूको पानीको खोजीमै समय बित्ने गरेको छ । यी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस जिल्लामा दलित समुदायले पनि समाज निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । तर, परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जातीय विभेदका कारण धनुषाका

जङ्गलको त्रास बोकेर विद्यालय पुग्ने ढकेलाका बालबालिका

चारैतिर घना जङ्गल । बीचमा सानो बस्ती । बिहानको उज्यालोसँगै साइकलमा किताबको झोला बोकेर विद्यालयतर्फ निस्किने बालबालिका । तर उनीहरूको यात्रामा केवल पढाइको सपना मात्र छैन, सँगै हुन्छ बाघ, चितुवा

कञ्जगाउँवासीको कहरः ‘गाउँ छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन’

विसं २०७९ असार २५ को साँझ । सिमसिम पानी त परिरहेकै थियो । थप ठूलो पानी पार्ने सङ्केत आकाशमा थिएन । गाउँ नजिकको दोदा नदीमा बेग उर्लिएको थिएन । आकाश

विपत् व्यवस्थापनः केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र, तर समन्वय कमजोर

“रानी घाटैमा किन काँडा रोप्यौनी निरमाया, आउने बाटैमा…” हरेक वर्ष मनसुन सुरु हुनासाथ बुटवल उपमहानगरपालिका–३ का ज्योतिनगर र लक्ष्मीनगरबासीको मनमा यही गीत झल्किन्छ । गीतसँगै उनीहरूमा डर पनि जाग्छ—आज पहिरो

पानीको पर्खाइमा रेक्चाबासी, संघर्षसँगै आशा पनि जीवित !

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिब ९० किलोमिटर पश्चिम, पहाडको खोँचमा एउटा रमणीय बस्ती छ–रेक्चा । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो गाउँ दशकौँदेखि एउटा गम्भीर समस्यासँग जुधिरहेको छ–खानेपानी अभाव । बस्ती सुन्दर

निर्वाचनमा मेरो छोरो जस्तै फेरी कसैका सन्तान नमारिउन

लोकतन्त्रको उत्सवका रुपमा मनाइएकोे आम निर्वाचन ०७९ सालमा त्रिवेणी नगरपालिका–७ मालाकोटका गगने ऐडीका लागि कहिल्यै नमेटीने घाउ भएर बल्झिरहेको छ । । ०७९ मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र

नागुबासी भन्छन् —‘यसपटक निर्वाचनमा मतदान गर्दैनौँ’

नौगाड गाउँपालिका–१ अन्तर्गतको सबै भन्दा दुर्गम बस्ती नागुका स्थानीयले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् । गाउँमा आयोजित दुई चरणका भेलाबाट कुनै पनि राजनीतिक दललाई

नवयुवा पुस्ताको आन्दोलन, जनयुद्धदेखि भदौ २३ सम्म

“मैले पनि देशकै लागि भनेर लडेँ, छोरा पनि देशकै लागि सहिद भयो, अब कहिलेसम्म नेपालीले देशका लागि भनेर लडिरहनु पर्ने हो ?”, बालकिशोरले प्रश्न गर्दै भन्नुभयो । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३

आर्थिक अभावमै ज्यान जान्छ कर्णालीका बिरामीको

गुठीचौर गाउँपालिका–३ गज्र्याङकोट, जुम्लाका ४० वर्षीय मिर्गौला पीडित कमानसिंह परियारको उपचारका लागि हारगुहार माग्दामाग्दै मृत्यू भयो । उहाँका दुईवटै मिर्गौला फेल भएका थिए । परिवारसहित रोजगारीका लागि भारत गएका परियारका दुवै मिर्गौलाले

मानवता र जिम्मेवारीको आवाज: झलकको कथा

व्यास नगरपालिका–८ बर्लाचीका २६ वर्षीय झलक विक अपाङ्गता भएका कारणले राज्यले प्रत्याभूत गरेको अधिकारबाट वञ्चित हुनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । बहुअपाङ्गता भएका झलकलाई सुरक्षित राख्ने व्यवस्था नहुँदा परिवारले