INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङ कारागारमा एक थुनुवाको मृत्यु 

जिल्ला कारागार कार्यालय मोरङको थुनामा रहेका पथरी शनिश्चिरे नगरपालिका–४का ५७ वर्षीय गंगाबहादुर लिम्बूको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

अभद्र व्यवहार मुद्दामा थुनामा रहेका लिम्बूको ०८२ मंसिर ३ गते मृत्यु भएको जिल्ला कारागार मोरङका सूचना अधिकारी तुलसी पौडेलले बताउनु भयो।

सास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि मंसिर २ गते राति कारागार प्रशासनले विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मंसिर ३ गते बिहान मृत्यु भएको हो । अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय मोरङले उनीविरुद्ध १० हजार रूपैयाँ धरौटी मागेको थियो । धरौटी तिर्न नसकेपछि उनी २०८२ भदौ ४ गते कारागार चलान भएका थिए । उनको मुद्दा हाल जिल्ला प्रशासन कार्यालय मोरङमा विचाराधीन छ । मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइ सकिएको कारागार प्रशासनले जनाएको छ।

पीडित पक्षले मंसिर ५ गते शब बुझ्न आउने बताएको सूचना अधिकारी पौडेलले बताउनु भएको छ ।

विनोद सुवेदी 

अन्य

भिडियो