जेनजी आन्दोलनमा क्रममा इलाका प्रहरी कार्यालय, दमकमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले दमक नगरपालिका–९ का १९ वर्षीय सुन्दर गिरीलाई ०८२ मङ्सिर ४ गते गिरफ्तार गरेको छ।
प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको फोटो भिडियोको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो।
आरोपित विरुद्ध प्रहरीले जिल्ला अदालतमा मङ्सिर ५ गते आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाएको छ।