INSEC Online

📅 २०८३ श्रावण २

समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ भदौ २८ गते एक बधाई वक्तव्य जारी गरी अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ । बधाई वक्तव्यमा भनिएको छ

प्रतिनिधिसभा विघटन, ०८२ फागुन २१ गते चुनाव घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा ०८२ भदाै २७ गते राति ११ बजेदेखि लागु हुने गरी प्रतिनिधिसभा विघटन गर्नु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सपथग्रहण लगत्तै भदाै २७ गते राति

प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त

जेनजी युवाको आन्दोलनको बलमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई ०८२ भदाै २७ गते प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ

जेनजी आन्दोलनमा दोलखाका तीन जनाको मृत्यु

जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते काठमाडौँ र पोखरामा गरी दोलखाका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बिगु गाउँपालिका–३ का २२ वर्षीय महेश बुढाथोकी, बैतेश्वर गाउँपालिका– ८

दाङमा अत्यावश्यकीय औषधी र स्वास्थ्य सामग्री जलेर नष्ट

जेन–जी आन्दोलनको क्रममा दाङमा भएको आगजनीमा परी अत्यावस्यकीय औषधी तथा स्वास्थ्य सामग्री जलेर नष्ट भएका छन् । घोराही, तुलसीपुर उपमहानगरपालिकामा राखिएका अत्यावश्यकीय सामग्री तथा स्वास्थ्य सामग्री जलेर नष्ट भएको स्वास्थ्य

जेनजी आन्दोलनका क्रममा भएका घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

पोखरामा जेनजी समूहको नाममा ०८२ भदौ २४ गते भएको विरोध प्रदर्शनका र त्यसपछिका घटना क्रममा घाइते भएका बिरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी

मानव अधिकार, लोकतान्त्रिक मूल्य मान्यता र कानुनी शासनको जगमा निकास निकाल्नु उचितः आयोग

मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय मानव अधिकार आयोग सम्पर्कमा रहेको जनाएको छ । मानव अधिकार, लोकतान्त्रिक मूल्य मान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने

सुदूरपश्चिम प्रदेशः कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी

जेन–जी प्रर्दशनकारीहरुले भदौ २३ र २४ गते गरेको विरोध प्रर्दशन र सरकारी तथा नीजि भवनमा गरेको आगजनी र तोडफोको मौका छोपि सुदूरपश्चिम प्रदेश अन्तर्गत बिभिन्न जिल्ला कारागारबाट भागेका कैदीबन्दीहरु पुनः

विधिको शासन र संविधानवादबाट बाहिर नजान सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले ०८२ भदौ २७ गते संयुक्त वक्तव्य जारी गर्दै देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता,

नेपालका कारागार र बाल सुधार गृह: भदौ २४ गतेपछिको अवस्था

गम्भीर अपराधमा संलग्न अपराधी फरार भएपछि आम नागरिकमा त्रास बढेको छ । अदालतले सुनाएको सजाय कार्यान्वयन नहुनु र अपराधी सजिलै भाग्नुले आमजनमानसमा त्रास बढाएको छ । जेनजीको नेतृत्वमा ०८२ भदौ

जेनजी आन्दोलन- कोशी प्रदेशमा ८३ ओटा सरकारी संरचना र ४२ ओटा निजी सम्पत्तिका संरचनामा गरी १ सय २५ ओटा संरचनामा आगजनी र तोडफोड

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जालविरूद्धको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा ८३ ओटा सरकारी संरचना र ४२ ओटा निजी सम्पत्तिका संरचनामा आगजनी तथा तोडफोड भएको पाइएको छ । कोशी प्रदेशका १४

सप्तरी कारागारबाट भागेका एक कैदीबन्दीको शव फेला

राजविराज कारागारमा २०८२ भदौ २५ गते आगजनी गरी भागेका कैदीबन्दीहरु मध्ये एकजना कैदीबन्दीको शव विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरस्थित खेतमा फेला परेको छ । खेतमा रहेको आँपको रुखमा अन्दाजी ५० वर्षीय एक

संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान स्वीकार्दैनौं, विरोध गर्छौं- नेपाल बार

नेपाल बार एसोसिएसनले २०८२ भदाै २६ गते एक अपील जारी गर्दै संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ। देशमा विकसित घटनाक्रमबारे नेपाल

नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला काभ्रेबाट गिरफ्तार

जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका सञ्जय साह टक्लालाई ०८२ भदौ २६ गते काभ्रे जिल्ला स्थित इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार

ट्राफिक प्रहरी कार्यालयमा आगजनी

महोत्तरी जिल्ला सदरमुकाम  जलेश्वर नगरपालिका- २ स्थित ट्राफिक प्रहरी कार्यालयमा ०८२ भदौ  २६ गते पहिचान नखुलेको समूहले आगजनी गरेको छ। महोत्तरी जिल्ला अदालतको पूर्व तर्फ रहेको ट्राफिक प्रहरी कार्यालयमा दिउँसो

गण्डकी प्रदेशका विभिन्न जिल्लामा भदौ २८ गते बिहानसम्म कर्फ्यु निरन्तर

गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ, पर्वत, म्याग्दी र बाग्लुङ जिल्ला प्रशासन कार्यालयले ०८२ भदौ २८ गते बिहानसम्मको लागि कर्फ्यु आदेश जारी गरेका छन् । कास्कीका इन्सेक प्रतिनिधि सञ्जय रानाभाट तनहुँका 

बाँके कारागारमा गोली लागेर एकजना घाइते

नेपालगञ्ज उपमहानगरपालिका— १० स्थित बाँके कारागारका कैदीबन्दीहरुले ०८२ भदाै २६ गते दिउँसो ३ बजे कार्यायल तोडफोड र आगजनी गरी भाग्न खोज्ने क्रममा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिनका लागि हवाइ फायर तथा

जेनजी आन्दोलन- ताप्लेजुङ्गमा हेल्थ डेस्कमा आगजनी र तोडफोड, कोशीका विभिन्न जिल्लामा कर्फ्यु जारी

भ्रष्टाचार अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरुद्द जेनजी पुस्ताले चलाएको आन्दोलनका क्रममा ताप्लेजुङ्गको पाथीभरा क्षेत्रमा दर्शनार्थीलाई लक्षित गरि राखिएको हेल्थ डेस्कमा आगजनी र तोडफोड गरिएको छ । जेनजी आन्दोलनका कारण जिल्लाको

वर्तमान परिस्थितिमा विधिको शासन कायम गर्न पोखराका नागरिकको अपिल

पोखरास्थित विभिन्न नागरिक तथा समाज/संस्थाले ०८२ भदौ २६ गते एक अपिल मार्फत वर्तमान परिस्थितिमा विधिको शासन कायम गर्न गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अपिलमा जेन-जी युवा पुस्ताहरूको आह्वानमा भदौ

तिला गाउँपालिकामा तोडफोडपछि तालाबन्दी

तिला गाउँपालिकामा तोडफोडपछि तालाबन्दी गरिएको छ । भदौ २५ गते वडा नम्बर ३ स्थित कुडारी, खोलिगाउँ लगायत गाउँका युवाले पालिकाको एम्बुलेन्स उपलब्ध नभएको भन्दै कार्यालय तोडफोडपछि तालाबन्दी गरेका हुन् ।