INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त

जेनजी युवाको आन्दोलनको बलमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई ०८२ भदाै २७ गते प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ । प्रधानमन्त्रीमा नियुक्त गरेको केही समय पछि नै शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा – मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट इच्छा र आकाङ्क्षा अनुसार राजनीतिक दल तथा सरोकारवालाहरूसँगको परामर्शसमेतका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिवन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ ।

सुशिला कार्कीको सफतग्रहण २०८२ भदाै २७ गते

अन्य

भिडियो