INSEC Online

📅 २०८३ जेष्ठ २१

सप्तरी कारागारबाट भागेका एक कैदीबन्दीको शव फेला

राजविराज कारागारमा २०८२ भदौ २५ गते आगजनी गरी भागेका कैदीबन्दीहरु मध्ये एकजना कैदीबन्दीको शव विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरस्थित खेतमा फेला परेको छ । खेतमा रहेको आँपको रुखमा अन्दाजी ५० वर्षीय एक पुरुष झुण्डिएको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा गएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा झुण्डिएको व्यक्ति हालसालै कर्तव्य ज्यान मुद्दामा राजविराजस्थित कारागारमा थुनामा रहेका तुरन्स लाल बरही रहेको बताएको छ ।

शवलाई कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाइएको छ । घटनास्थलमा अनुसन्धान तथा आवश्यक प्रमाण सङ्कलनका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको एसओसीओ टोलीले थप अनुसन्धान गरिरहेको छ ।

अन्य

भिडियो