राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा ०८२ भदाै २७ गते राति ११ बजेदेखि लागु हुने गरी प्रतिनिधिसभा विघटन गर्नु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सपथग्रहण लगत्तै भदाै २७ गते राति नै प्रतिनिधि सभाको विघटनको सिफारिस गरेकी थिइन् । साथै ०८२ फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभा चुनावको मिति समेत तोकिएको छ ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्कीको सिफारिस बमोजिम ०८२ भदाै २७ गते शुक्रबार रातको ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभाको विघटन गर्नुका साथै ०८२ फागुन २१ गते विहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएको उल्लेख छ ।
