गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ, पर्वत, म्याग्दी र बाग्लुङ जिल्ला प्रशासन कार्यालयले ०८२ भदौ २८ गते बिहानसम्मको लागि कर्फ्यु आदेश जारी गरेका छन् ।
कास्कीका इन्सेक प्रतिनिधि सञ्जय रानाभाट तनहुँका प्रकाशचन्द्र भट्टराई र म्याग्दीका अमृत पौडेलका जनाए अनुसार कास्की, तनहुँ, पर्वत, म्याग्दी र बाग्लुङ जिल्ला प्रशासन कार्यहरूले भदौ २७ गते सूचना जारी गरि भदौ २८ गते बिहान ६ बजेसम्म लागु हुने गरि कर्फ्युको आदेश जारी गरेका हुन् ।
सबै जिल्ला प्रशासन कार्यलयहरूले देशमा भएको पछिल्लो घटनाले समाजमा अराजक तत्वहरूको घुसपैठ भई प्रदर्शन, जुलुश, दङ्गा तथा झडप भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी ०८२ भदौ २७ गते साँझ ७ बजेसम्मको लागि तनहुँ जिल्ला भर स्थानीय प्रशासन ऐन २०२८, (संसोधन सहित) को दफा (६) को उपदफा (३क) बमोजिम निषेधाज्ञा र भदौ २६ साँझ ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म लागु हुने गरि दफा (६क) बमोजिम कर्फ्युको आदेश जारी गरिएको प्रशासनले जनाएका छन् ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधको कार्यक्रम गर्न निषेध गरिएको छ । साथै अत्यावश्यक सेवाका सवारी साधन वाहेक निजी तथा सार्वजनिक यातायातका सबै सवारी साधनहरू संचालनमा रोक लगाईएको र उक्त अवधीमा उक्त आदेशको उल्लंघन गर्ने वा आदेशको पालना नगर्ने, पालना गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन वमोजिम कारबाही हुने व्यहोरा प्रशासनले जनाएको छ ।
साथै निषेधाज्ञा जारी भएको समय र क्षेत्रमा अत्यावश्यक सेवाका प्रमुख साधनहरू बिरामी बोकेका एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सन्चारकर्मी, पर्यटक सवार सवारी साधन, मानव अधिकार तथा कुटनितिक नियोगका सवारी साधनहरू हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजिकरण हुने प्रशासनले जनाएको छ ।
तनहुँ प्रतिनिधि भट्टराईका अनुसार तनहुँमा जेनजी समूहको नाममा भएको आन्दोलनमा भदौ २४ गते अधिकांश सरकारी तथा राजनीतिक दलका कार्यालयमा तोडफोड र आगजनी भएको छ । आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय सहित अधिकांश सरकारी कार्यालयमा आगनी गरि क्षति पुर्याएका थिए भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको कार्यालयमा क्षति पुर्याए ।

जिल्ला प्रशासन कार्यालयले दमौली बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको बाबजुद प्रर्दशनमा उत्रिएका युवाहरूले दिउँसो नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला कार्यालयमा तोडफोड गरे । एमालेको कार्यालयका कागजात तथा फर्निचरहरू बाहिर ल्याएर आगजनी समेत गरेका थिए । साथै कार्यालय भित्र पनि आगजनी गरेका थिए । नेपाली कांग्रेसको कार्यालयमा पनि प्रर्दशनकारीहरूले तोडफोन गरे । साँझपख नेकपा माओवादी केन्द्रको कार्यालयमा पनि तोडफोड गरे ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, खानेपानी, सिंचाई, आन्तरिक राजश्व कार्यालय, जिल्ला वन कार्यालल, सरकारी वकिलको कार्यालय आदिमा तोडफोड र आगजनी गरि क्षती पुर्याएका थिए । त्यसैगरी व्यास नगरपालिका—२ मा रहेको राष्ट्रपती रामचन्द्र पौडेलको घरमा समेत प्रर्दशनकारीले तोडफोड गरेका थिए ।
प्रदर्शनकारीले जिल्ला कारागारमा आक्रमण गरि त्यहाँ रहेका सबै कैदी बन्दीलाई छुटाएका थिए । कारागारमा विभिन्न मुद्दाका ३ सय १२ जना कैदी बन्दी रहेका थिए ।
म्याग्दी प्रतिनिधि अमृत पौडलका अनुसार जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरभित्र कर्फ्यु आदेश जारी गरेको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जनाएको छ । पूर्व तर्फ म्याग्दी र पर्वतको सिमाना, दक्षिण तर्फ म्याग्दी र बागलुङको सिमाना साथै अर्थुङ्गे र गलेश्वर क्षेत्र अन्तगत पर्ने बेनी नगरपालिकाको १, २, ६, ७, ८ र ९ नम्बर वडा भित्रका सम्पूर्ण भूभागमा निर्देशन जारी रहने प्रमुख जिल्ला अधिकारी बदी प्रसाद तिवारीले जानकारी दिनु भएको छ । जिल्लामा २५ गते बिहान देखि शुरु भएको कर्फ्यू आदेश २७ गते बेलुका ४ बजेसम्म कायम रहेको छ । ४ बजे देखि सर्वसाधारणका लागि किनमेल गर्नका लागि खुला हुने र पुनः ६ बजे देखि भोली बिहान ७ बजेसम्मका लागि आदेश जारी हुने प्रजिअ तिवारीको भनाई छ ।
जिल्ला कारागार शाखा म्याग्दीमा भदौ २५ बिहान भएको तोडफोडपछि भागेका ७६ मध्ये २५ जना कैदीबन्दीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला कारागार कार्यालय म्याग्दीका जेलर प्रतिज्ञा सुवेदीका अनुसार विभिन्न कसुरमा कैद भुक्तानी गरी रहेका कैदी तथा पूर्पक्षका लागि थुनामा रहेका बन्दीहरू मध्ये ७६ जना फरार भएका थिए । फरार भएकामध्ये हिजै देखि थालीएको खोजी कार्यमा प्रहरीले भदौ २६ गते दिउँसोसम्म २५ जनालाई नियन्त्रणमा लिएको छ ।