INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनमा दोलखाका तीन जनाको मृत्यु

जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते काठमाडौँ र पोखरामा गरी दोलखाका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बिगु गाउँपालिका–३ का २२ वर्षीय महेश बुढाथोकी, बैतेश्वर गाउँपालिका– ८ की २६ वर्षीया स्वास्थानी खड्का र शैलुङ गाउँपालिका–४ का २२ वर्षीय अभिषेक चौंलागाई रहेका छन् ।

काठमाडौंको कोटेश्वरमा भदौ २४ गते गोली लागेर गम्भीर घाइते भएका महेश बुढाथोकीको उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसैगरी पोखरा महानगरपालिका– ९ मा रहेको गाडी स्वरुममा प्रदर्शनकारीहरुले भदौ २४ गते आगजनी गरेका थिए । स्वरुममा सरसफाइ गर्ने क्रममा जलेकाे अवस्थामा भदौ २६ गते शव फेला परेको थियाे । फेला परेकाे शव स्वास्थानी खड्का रहेकाे खुलेको छ । महाराजगञ्जमा भएको आन्दोलनका क्रममा भदौ २४ गते गोली लागेर अभिषेक चौलागाईको मुत्यु भएको थियो ।

अन्य

भिडियो