INSEC Online

📅 २०८३ श्रावण २

समाचार

लुम्बिनी प्रदेशमा २ सय ५३ सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १ सय ४७ ओटा सरकारी कार्यालय तथा सार्वजनिक संरचना, ३८ पार्टी कार्यालयहरु र ६८ ओटा निजी सम्पत्ति गरी २ सय ५३ संरचनामा तोडफोड तथा आगजनी

जेनजी आन्दोलनका क्रममा काेशी प्रदेशको माेरङ र सुनसरी जिल्लामा ताेडफोड र आगजनी (फोटो फिचर)

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते काेशी प्रदेशको माेरङ र सुनसरी जिल्लामा आगजनी र तोडफोड गरिएपछि इन्सेक काेशी प्रदेश कार्यालयले स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा देखिएको परिदृष्य । विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमेश्वर नगरपालिका–२ का ५३ वर्षीय सुन्दर थामीलाई ०८२ भदौ २२ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई वैशाख ९ गते बलात्कार गरेको भन्दै

सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै सङ्घसंस्था र नागरिक समाजलाई आयोगको आह्वान

मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र त्यसको निकासका लागी गरिएका प्रयासलाई आयोगले नजिकबाट नियालिरहेको भन्दै सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै सङ्घसंस्था र नागरिक समाजले जिम्मेवारीपूर्वक दायित्व पूरा गर्न राष्ट्रिय मानव

कपिलवस्तु जिल्लाका सबै सरकारी कार्यालयको सेवाप्रवाह सुचारु

जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिमा जिल्लाका सरकारी कार्यालयबाट रोकिएका सेवा पुनः सुचारु भएको छ । जिल्लाका सबै सरकारी कार्यालयले सेवाप्रवाह पूर्ण रुपमा सञ्चालन गरेका छन् । जिल्ला प्रशासन कार्यालयले सबै सरकारी

भरतपुर कारागारबाट भागेका कैदीबन्दी बर्दियाबाट गिरफ्तार

जेनजी आन्दोलनको क्रममा चितवनको भरतपुर कारागारबाट भागेका ४७ वर्षीय कैदीबन्दीलाई ०८२ भदौ २७ गते बेलुकी प्रहरीले बर्दिया जिल्ला बढैयाताल गाउँपालिका-७ पचासाबाट गिरफ्तार गरेको छ । आफ्नै घरमा लुकेर बसेको भन्ने

सार्वजनिक सरोकार कानुन व्यवसायी समूह नेपालगञ्जले निःशुल्क कानुनी परामर्श दिने

हालको विषम परिस्थितिमा अदालतहरुद्वारा प्रदान गरिने सबै सेवाहरु –बन्दी प्रत्यक्षीकरणका रिटहरु बाहेक) अवरुद्घ रहेको अवस्थामा सेवाग्राहीलाई सहजिकरण गर्ने उद्देश्यले सार्वजनिक सरोकार कानुन व्यवसायी समूह, नेपालगन्जका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार

विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरु गिरफ्तार

जेनजी आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका ६ जना कैदीबन्दीहरुलाई ०८२ भदौ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा चितवन, नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीबन्दीहरू रहेको जिल्ला

चुच्चेपाटी स्थित भाटभटेनी सुपर मार्केटमा ६ जनाको शव फेला

काठमाडौँको चुच्चेपाटी स्थित भाटभटेनी सुपर मार्केटमा ०८२ भदौ २९ गते ६ जनाको शव फेला परेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहोराले बताउनु भयो । उहाँका अनुसार जलेको अवस्थामा

रामेछाप कारागारका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु

रामेछाप कारागारमा कैदीबन्दी भाग्नलाग्दा स्थिति नियन्त्रणमा लिन ०८२ भदौ २६ गते सुरक्षाकर्मीले चलाएको गोली लागि घाइते भएका जनकपुर उपमहानगरपालिका–१२ का ४० वर्षीय मनोज महताको धुलिखेल अस्पतालमा उपचारको क्रममा ०८२ भदौ

रसुवाबाट भागेका ९८ मध्ये ९० कैदीबन्दी गिरफ्तार

रसुवाको धुन्चेस्थित कारागारबाट ०८२ भदौ २५ गते भागेका ९८ जना कैदीबन्दी मध्ये भदौ २९ गते साँझसम्म ९० जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीले बताउनुभयो । धुन्चेस्थित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–३ पडरियाका २७ वर्षीय सलमान भन्ने असरफ अलीलाई ०८२ भदौ २२ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार २१ गते

रुपन्देहीमा सेवाप्रवाह सुचारु, क्षतिको विवरण सङ्कलन गरिदै

जेनजी आन्दोलनको चपेटामा परेका रुपन्देहीका विभिन्न कार्यालयहरु सुचारु भएका छन् । जेनजीले गरेको आन्दोलन पश्चात् रोकिएको सरकारी कार्यालयका सेवा प्रवाह भदौ २९ गतेबाट सुचारु भएको हो । सुरक्षित कार्यालयहरुबाट पूर्ण

नवनियुक्त तीन मन्त्रीद्वारा सपथ

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नवनियुक्त तीन मन्त्रीहरुलाई शीतल निवासमा आयोजित एक समारोह बिच ०८२ भदौ ३० गते पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले ०८२ भदौ २९

जेनजी आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड घटनाको इन्सेक र मानव अधिकार आयोगद्वारा अनुगमन

जेनजीको आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोड घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले संयुक्त रुपमा भदौ २७ गते अनुगमन गरेको छ ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रास्कोट नगरपालिका–५ का ४३ वर्षीय टक्क रोकायालाई प्रहरीले ०८२ भदौ २८ गते गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २५ गते  मादक पदार्थ

आगजनीपछिको सिंहदरबार (फोटो फिचर)

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा आगजनी र तोडफोड गरिएपछि सिंहदरबारको अवस्थाका बारेमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले भदौ २९ गते स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा सिंहदरबार परिसरमा

जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जनाएको छ । आज भदौ २९ गते सिंहदरबारमा आयोजित प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ०८२ भदै २९ गते सिंहदरबारमा पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार गर्दै नयाँ पुस्ताको भावनाअनुसार अघि बढ्नुपर्ने बताउनु भयो ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु

जेनजी आन्दोलनको क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा आगजनी हुँदा घाइते भएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१० का ४३ वर्षीय विजय लामाको उपचारका क्रममा मृत्यु भएको छ । पोखरा महानगरपालिका– १६ मा