मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय मानव अधिकार आयोग सम्पर्कमा रहेको जनाएको छ ।
मानव अधिकार, लोकतान्त्रिक मूल्य मान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष राखेको आयोगले ०८२ भदौ २७ गते विज्ञप्तीमार्पmत जनाएको छ ।
राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानुनी शासनको रक्षार्थ आवश्यक कार्य हुने दृढ विश्वास रहेको आयोगको विज्ञप्तीमा उल्लेख छ ।
साथै, वर्तमान परिस्थितिका विषयमा अन्य सरोकारवाला पक्षहरुसँग समेत निरन्तर सम्पर्कमा रहेको आयोगका सहसचिव एवम् प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
