INSEC Online

📅 २०८३ जेष्ठ २१

तिला गाउँपालिकामा तोडफोडपछि तालाबन्दी

तिला गाउँपालिकामा तोडफोडपछि तालाबन्दी गरिएको छ । भदौ २५ गते वडा नम्बर ३ स्थित कुडारी, खोलिगाउँ लगायत गाउँका युवाले पालिकाको एम्बुलेन्स उपलब्ध नभएको भन्दै कार्यालय तोडफोडपछि तालाबन्दी गरेका हुन् ।

वडा नम्बर ३ की एक महिला सुत्केरी बेथाले च्यापेपछि स्थानीय युवाले अस्पताल लैजान पालिकाको एम्बुलेन्स पठाउन फोन गरेका थिए । तर एम्बुलेन्स चालकले आउन ढिलाई गरेको, पछि आनकानी गरेपछि स्थानीय युवाहरुले गाउँपालिकाको प्रशासनिक भवनमा तोडफोड गरेर तालबन्दी गरेका हुन् । भर्खर निर्माण भई सञ्चालनमा आएको गाउँपालिकाको भवनमा रहेको सिसि क्यामरा, सूचना पार्टी, झयाल, ढोका, डिजिटल बोर्ड लगायत सामग्रीमा क्षति पुगेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो । उहाँले एम्बुलेन्स नपठाएको निहुँमा कार्यालयमा तोडफोड गरेको बताउनु भयो ।

त्यस्तै उपाध्यक्ष गोरीकला बुढाले एम्बुलेन्स चालकको फोन नउठेको, समयमै नपुगेको विषयमा आफूहरुलाई भन्नुको सट्टा कार्यालय तोडफोड गरेर क्षति पुर्‍याउनु दु:खद् रहेको भन्दै घटनामा संलग्नहरुलाई कानुनी कारबाही हुनुपर्ने माग गर्नुभयो । चालकहरुको कमजोरीका कारण उक्त घटना भएको भए चालकलाई स्पष्टीकरण सोध्ने र पालिकामा क्षति पुराउनेलाई कानुनी दायरामा ल्याउने उहाँको भनाइ छ ।

अन्य

भिडियो