INSEC Online

📅 २०८३ असार १३

समाचार

समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि पेश भएको बन्द सूचीबाट ५ सय ५० जनाको नाम हटाउने आयोगको निर्णय

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि पेश भएको बन्द सूचीबाट ५ सय ५० जनाको नाम हटाउने निर्णय गरेको छ

फेसबुकमार्फत नेताहरुमाथि लाञ्छना नलगाउः आयोग

निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ । ‘नो नट अगेन’ लगायतका नाममा बनेका फेसबुक ग्रुपमा शीर्ष नेतामाथि लाञ्छना

बेपत्ता पारिएका आफन्त फर्कने आश अझै मारेका छैनन् बेपत्ता व्यक्तिका आफन्तहरूले

बेपत्ता पारिएका आफन्त फर्कने आश अझै मारेका छैनन् बेपत्ता व्यक्तिका आफन्तहरूले शसस्त्र द्वन्द्वको समयमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट थुप्रै व्यक्ति बेपत्ता पारिए । शसस्त्र द्वन्द्वको समयमा राजापुर नपा–

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेश १ मा दलितको प्रतिनिधित्व गर्दै न्यून उम्मेदवारी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा ४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन् । ठूला राजनीतिक दलले अधिकांश गैर दलितलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले कपिलवस्तु नगरपालिका –३ का २७ वर्षीय पंकज उपाध्याय विरूद्ध कातिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी उजुरी दर्ता गराउनु भएको छ । पीडितलाई

डाक्टरमाथि तीन जनाद्वारा कुटपिट भएको पीडित पक्षको आरोप

गोरखा अस्पतालमा ड्युटिमा रहेका डाक्टर अविनाश पराजुलीलाई कात्तिक ६ गते तीन जनाले कुटपिट गरेको पीडित पक्षको आरोप छ । ‘रिपोर्ट’को विषयलाई लिएर अस्पतालमा कार्यरत मेडिकल अफिसर ३० वर्षीय अविनाश पुराजुलीलाई

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेश १ मा महिला उम्मेदवार अत्यन्त न्यून

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा ४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन् । ठूला राजनीतिक दलले अधिकांश पुरूषलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका छन्

निर्वाचन कार्यालयले सोध्यो शिक्षकलाई २४ घण्टे स्पष्टिकरण

कुश्मा नगरपालिका–६ शिवालय माध्यमिक विद्यालयका शिक्षक चिरञ्जिवी अधिकारीलाई जिल्ला निर्वाचन कार्यालय पर्वतले २४ घण्टे स्पष्टिकरण सोधेको छ । शिक्षक अधिकारीले निर्वाचन आचारसंहिता २०७९ को दफा १० मा विद्यालय, महाविद्यालय वा

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

बागलुङ नगरपालिका–१ माझिबस्ती बस्ने ४० वर्षीया फुलमायाँ माझीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१ का २६ वर्षीय प्रकाश योगीलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित महिला असोज

गोली प्रहार घटनाका चार जना आरोपित गिरफ्तार

सगुन बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र बागमतीको कार्यालय प्रमुख लालबन्दी नगरपालिका–२ स्थित जुटपानी का ३६ वर्षीय साजन कार्कीलाई कात्तिक २ गते गोली प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले

पर्सामा ६३ मतदानस्थल अति संवेदनशील, १० मतदान केन्द्र थपिए

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ६३ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समितिले १ सय ६७ मतदानस्थलमध्ये ६३ ओटालाई अति संवेदनशील सूचीमा

पर्वतका दुई जना जनप्रतिनिधिलाई निर्वाचन कार्यालयले सोध्यो २४ घण्टे स्पष्टीकरण

फलेबास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारी र कुश्मा नगरपालिकाकी उपप्रमुख स्वास्थानी रिजाललाई निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ । नगरप्रमुख तिवारीले निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा गएको उजुरीका आधारमा आयोगले

बलात्कार पीडित बालिकालाई इन्सेकको आर्थिक सहयोग

१६ वर्षीया बलात्कारबाट पीडित बालिकालाई इन्सेकले कात्तिक ४ गते आर्थिक सहयोग गरेको छ । ०७८ चैत १५ गते १७ वर्षीय नातेदारबाट बलात्कृत भएकी बालिकाको सात महिनाको गर्भ रहेको रहेको थियो

उपचारका क्रममा कैदीको मृत्यु

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका केरावारी गाउँपालिका— १ का ५९ वर्षीय डिकबहादुर विकको उपचारका क्रममा नोवेल अस्पताल विराटनगरमा कात्तिक ४ गते मृत्यु भएको मोरङ कारागार प्रशासन कार्यालयले जनाएको छ

एकीकृत समाजवादी उम्मेदवार नेपाललाई कारवाही गर्न पत्राचार

एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा रौतहट प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार माधव कुमार नेपाललाई निर्वाचन आचार संहिता विपरित कार्य गरेको भनि निर्वाचन कार्यालयले ०७९ कात्तिक ३ गते जिल्ला

वेमौसमी वर्षापछि आएको बाढीका कारण अन्नवालीमा ठूलो क्षति, एक वर्ष बित्दासमेत किसानले राहत वा क्षतिपूर्ति पाउन सकेनन्

गएको वर्ष कात्तिक १ गतेदेखि कात्तिक ३ गतेसम्म वेमौसमी वर्षाका कारण देशभर मानवीय क्षतिसहित अन्नवालीमा ठूलो क्षति भएको थियो । खाद्य अधिकारको सवाललाई उठान गर्दै अन्नवालीमा क्षति भएको विवरणसहितको समाचार

अस्पतालमा औषधिको अभाव, बिरामी रित्तो हात घर फर्कन बाध्य

१५ शैयाको जिल्ला अस्पताल हुम्लामा एक महिनादेखि औषधि अभाव भएको छ । अस्पतालमा औषधि अभाव देखिएपछि जिल्ला अस्पताल हुम्लामा उपचार गर्दै आएका बिरामीले निजी मेडिकलको महङ्गो मुल्य तिरेर औषधि किन्न

क्याम्पस प्रमुखद्वारा आचारसंहिता उल्लङ्घन

कृष्णपुर नपालिका–२ बंकमास्थित उदय सरस्वती क्याम्पसका प्रमुख जगदीश सेठी चुनावी प्रचारप्रसारमा हिडने गरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ को दफा १० को खण्ड ‘ज’ मा कर्मचारी तथा शिक्षकहरुले कुनैपनि

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेशभर १८ सय बढी मतदानस्थल, ४ सय ३८ सम्वेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा १ हजार ८ सय ९७ ओटा मतदानस्थल तोकिएको छ । जसमा ४ सय ३८ ओटा मतदानस्थल

पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना समन्वय संयन्त्र गठन गर्न प्रतिवद्ध ः प्रमुख सुनार

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला तथा पालिका स्तरीय संयन्त्र गठन गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा कात्तिक ३