INSEC Online

📅 २०८३ जेष्ठ २१

एकीकृत समाजवादी उम्मेदवार नेपाललाई कारवाही गर्न पत्राचार

एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा रौतहट प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार माधव कुमार नेपाललाई निर्वाचन आचार संहिता विपरित कार्य गरेको भनि निर्वाचन कार्यालयले ०७९ कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयलाई कारवाही गर्न पत्राचार गरेको छ ।
नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाडेको भन्ने विषयको समाचार प्रकाशन भएको र उहाँले “बिना ढेउवा के भिसा मिल्ते हे, टिकट मिल्ते हे, काठमाडौँमे तालिम मिल्ते हे” भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामाग्री सामाजिक संजालमा सार्वजनिक भएको र सामाजिक संजालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामाग्रीका विषयमा आयोगबाट गठित सामाजिक संजाल अनुुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा निजको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको आयोगको सूचनामा उल्लेख छ ।
निज माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकोले सो सम्बन्धमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन अनुरोध सहित जिल्ला प्रहरी कार्यालय रौतहटलाई सहायक न्यायाधिवक्ता प्रकाश घिमिरेले पत्र पठाउनु भएको हो ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लसँग कुराकानी गर्दा सो पत्र हालसम्म नपाएको र भोलि जानकारी होला भन्ने अभिव्यक्ति दिनु भयो ।
Election-commission-2 (1)

अन्य

भिडियो