INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका क्रममा कैदीको मृत्यु

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका केरावारी गाउँपालिका— १ का ५९ वर्षीय डिकबहादुर विकको उपचारका क्रममा नोवेल अस्पताल विराटनगरमा कात्तिक ४ गते मृत्यु भएको मोरङ कारागार प्रशासन कार्यालयले जनाएको छ ।

०७४ चैत ८ गते जिल्ला अदालतबाट बलात्कार कसुरमा १० वर्ष सजाय तोकिएपछि सजाय भुक्तान लागि कारागारमा रहेका विकको नोवेल अस्पतालमा उपचारका क्रममा कात्तिक ४ गते मृत्यु भएको मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतले बताउनु भयो ।

मुटु तथा पेटमा समस्या देखिएपछि विकलाई कात्तिक ४ गते कोशी अस्पतालमा भर्ना गरिएको जेलर भगतले बताउनु भयो ।

उपचारका क्रममा उच्च रक्तचापको समस्या भएपछि कोशी अस्पतालले नोवेल अस्पताल रिफर गरेको जेलर भगतको भनाइ छ ।

कात्तिक ४ गते पीडित परिवारलाई शव जिम्मा बुझाएको कारागार प्रशासनले जनाएको छ ।

 

अन्य

भिडियो