INSEC Online

📅 २०८३ श्रावण १

समाचार

आठ पोका नुनका लागि एक दिन पैदल हिँड्नुपर्ने बाध्यता

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ लाली गाउँकी पुल्तिसरा जैसी अनुदानको नुन किन्न एक दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आउनुभयो । खार्पुनाथ–१ देउखुरीबाट एक दिन पैदल हिँडेर आउनुभएकी उहाँ दिनभर विमानस्थल गेटको लाइनमा

इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका एक जना थुनुवा गिरफ्तार

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ । नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते भागेका दमक नगरपालिका–७ का

एम्बुलेन्स समितिले भाडा बढाएपछि स्थानीय असन्तुष्ट

जुम्लाबाट नेपालगञ्जसम्म जानका लागि एम्बुलेन्सको भाडा २५ हजार रुपियाँ तोकिएपछि स्थानीय असन्तुष्ट भएका छन् । जिल्ला एम्बुलेन्स समितिले आफू खुसी भाडादर निर्धारण गरेको आरोप लगाउँदै स्थानीयले असन्तुष्टि जनाएका हुन् ।

ज्येष्ठ नागरिक माथि कुटपिट

बिगु गाउँपालिका–६ आलम्पुकी ७६ वर्षीया ज्येष्ठ नागरिक चन्द्रिमाया थामीलाई ०८२ फागुन १० गते ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा सोही वडाका ५२ वर्षीय गोक्सुङ थामीलाई प्रहरीले सोही दिन गिरफ्तार गर्‍यो

उपचार खर्च भुक्तानी नहुँदा महिला अस्पतालमा बन्धक

राजविराज नगरपालिका–१५ की ३५ वर्षीया शिवकुमारी देवी सादालाई छिन्नमस्ता गाउँपालिका अध्यक्ष २८ वर्षीय विद्यानन्द चौधरी सवार मधेश प्रदेश ०६–००१ झ ०००५ नक्बरको चारचक्के गाडीले हनुमाननगर रोडमा ०८२ फागुन ४ गते

कास्की कारागारमा खानेपानीको अभाव

कास्की कारागारका बन्दीहरूले खानेपानीको अभाव झेलिरहेका छन् । फागुन ७ गते कारागार पुगेको सरकारी टोलीसँग बन्दीहरूले खानेपानीको व्यवस्था गरिदिन माग गरेका थिए । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला मूल समारोह समिति

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुखुम्बु, थुलुङदूधकोशी गाउँपालिका–१ नेलेका २४ वर्षीय टेकबहादुर खत्रीलाई ०८२ फागुन ९ गते गिरफ्तार गरेको छ । खोटाङमा रहेको दिक्तेल बोर्डिङ स्कूलमा कार्यरत खत्रीले

इन्सेक अनलाइन समाचारको प्रभावः दुई हप्तादेखि प्रभावित भएको एक्सरे सेवा सुचारु

दुईसातादेखि बन्द रहेको जिल्ला अस्पताल हुम्लाको एक्सरे सेवा पुनः सञ्चालनमा आएको छ । गत माघ महिनाको २० गतेदेखि बन्द रहेको उक्त एक्सरे सेवा फागुन ६ गतेबाट पुुर्ण रुपमा सञ्चालनमा आएको

भिडियो खिचेको आरोपमा सेनाद्वारा कुटपिट

  नेपाली सेनाले गस्ती गरेको भिडियो खिचेको आरोपमा रतुवामाई नगरपालिका–१ सोनापुरका २२ वर्षीय श्याम गिरीलाई फागुन ८ गते कुटपिट गरेको छ । निर्वाचन सुरक्षाका लागि गस्ती गरिरहेको भिडियो खिचेको आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–५ लभनीका १५ वर्षीय बालकलाई फागुन ४ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई माघ २३ गते बलात्कार गरेको भन्दै पीडित

कुटपिट घटनाका आरोपित गिरफ्तार

नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य पार्वती राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले २१ वर्षीय पल राईलाई ०८२ फागुन ८ गते गिरफ्तार गरेको छ । थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा राजनीतिक विषयमा

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२३ वर्षीय महिलालाई विवाह गर्ने प्रलोभन देखाएर पटक पटक बलात्कार गरी गर्भवती बनाएको र अन्तिम पटक ०८२ पुस १८ बलात्कार गरी गर्भपतन गराएर फरार रहेको भन्दै पीडित पक्षले सिद्धार्थनगर नपा–१

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

विराटनगर महानगरपालिका–१४ रानीका ३८ वर्षीय पत्रकार पवनकुमार शाहले समाचारको विषयलाई लिएर विराटनगर महानगरपालिका–१३ सैनिक टोलका ४२ वर्षीय जितेन्द्रबहादु खड्काले धम्की दिएको आरोप लगाउनु भएको छ । विराटनगर महानगरपालिका–१३ मा सडक

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ खटखटियाका २० वर्षीय रामलाल लोधलाई फागुन ४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस १८ गते यौन दुव्र्यवहार गरेको

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई अपहरण गरी फिरौती माग गरेको आरोपमा खड्क नगरपालिका–९ लालपट्टीका ३० वर्षीय ईम्तियाज अहमदलाई फागुन ७ गते प्रहरीले गिरफ्तार गरेको छ । फागुन ५ गते साँझ घरबाट बालिका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ ओहिरौलीका २३ वर्षीय यमलाल पासीलाई फागुन ४ गते घरबाटै गिरफ्तार गर्‍यो। आरोपितले पीडित बालिकालाई पुस १८ गते बलात्कार गरेको भनी पीडित

सर्लाहीमा बेवारिसे पेस्तोल खेलाउने क्रममा गोली लागेर एक बालक घाइते

मलंगवा नगरपालिका–४ का १५ वर्षीय आकाश राम बेवारिस पेस्तोल खेलाउने क्रममा गोली लागेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज राईका अनुसार फागुन ७ गते सोही वडास्थित ढाकाबोर्डरमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार घटनाका दुई जना आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले झापा र इलामबाट एक/एक जना गरी दुई जनालाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ । २७

प्रहरीको हतियार लुट्ने दुई जना गिरफ्तार

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, विर्तामोडबाट हतियार लुटेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । प्रहरीको हतियार लुटेको आरोपमा प्रहरीले कनकाई नगरपालिका–८ मिश्रा

प्रहरी चौकी विर्ताबजार तोडफोड

प्रहरी चौकी, विर्ताबजार फागुन ७ गते तोडफोड गरिएको छ । विर्तामोड नगरपालिका–३ स्थित काजी पार्टी प्यालेसमा काम गर्ने बाहृदशी गाउँपालिका–४ का सुजन राईलाई कुटपिट भएको घटनाको अनुसन्धानका लागि प्रहरी चौकीमा