INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुखुम्बु, थुलुङदूधकोशी गाउँपालिका–१ नेलेका २४ वर्षीय टेकबहादुर खत्रीलाई ०८२ फागुन ९ गते गिरफ्तार गरेको छ ।

खोटाङमा रहेको दिक्तेल बोर्डिङ स्कूलमा कार्यरत खत्रीले बालिकालाई फागुन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ९ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो