INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२३ वर्षीय महिलालाई विवाह गर्ने प्रलोभन देखाएर पटक पटक बलात्कार गरी गर्भवती बनाएको र अन्तिम पटक ०८२ पुस १८ बलात्कार गरी गर्भपतन गराएर फरार रहेको भन्दै पीडित पक्षले सिद्धार्थनगर नपा–१ दरकसवाका २८ वर्षीय राजकुमार महत्तोविरुद्ध फागुन ५ गते उजुरी दर्ता गरे ।

आरोपितविरुद्ध पीडित पक्षले फागुन १ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाएको र आरोपित फरार रहेकोले खोजीका कार्य भइरहेको प्रहरीले जनायो । पीडितको स्वास्थ्य परिक्षण फागुन ५ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो