INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

विराटनगर महानगरपालिका–१४ रानीका ३८ वर्षीय पत्रकार पवनकुमार शाहले समाचारको विषयलाई लिएर विराटनगर महानगरपालिका–१३ सैनिक टोलका ४२ वर्षीय जितेन्द्रबहादु खड्काले धम्की दिएको आरोप लगाउनु भएको छ ।

विराटनगर महानगरपालिका–१३ मा सडक निर्माण भइरहेको विषयमा अनियमिता भएको बारेमा समाचार सङ्कलनका क्रममा आरोपितले सर्टको कलर समातेर धम्की दिएको पीडित पत्रकारको आरोप छ ।

आरोपितविरूद्ध पीडित पत्रकारले ०८२ फागुन ८ गते इलाका प्रहरी कार्यालय, रानीमा उजुरी दिनु भएको छ ।

धम्की दिएको घटनाको पत्रकार महासङ्घ मोरङ, शाखाले फागुन ८ गते विज्ञप्ति जारी गरी विरोध गरेको छ ।

विनोद सुवेदी

अन्य

भिडियो