INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको हतियार लुट्ने दुई जना गिरफ्तार

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, विर्तामोडबाट हतियार लुटेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

प्रहरीको हतियार लुटेको आरोपमा प्रहरीले कनकाई नगरपालिका–८ मिश्रा टोलका तुलबहादुर थापा मगर र कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशीलाई फागुन ६ गते गिरफ्तार गरेको हो ।

थापा मगरले घरमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, बिर्तामोडको टोलीले खानतलासी गर्दा घर पछाडी रहेको कुखुराको खोरमा राखेको प्लाष्टिकको ड्रमभित्र एमएमको पेस्तोल एक थान म्याग्जिन र सोको गोली चार राउण्ड फेला परेको थियो ।

उक्त पेस्तोल र गोली भदौ २४ गतेको नवयुवा पुस्ताको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय, बिर्तामोडबाट लुटेको पुष्टि भएको छ ।

कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशीले प्रहरी चौकीबाट हतियार लुटेर दिएको खुलेपछि प्रहरीले राजवंशीलाई समेत फागुन ६ गते गिरफ्तार गरेको छ ।

नरेश खाती

अन्य

भिडियो