राजविराज नगरपालिका–१५ की ३५ वर्षीया शिवकुमारी देवी सादालाई छिन्नमस्ता गाउँपालिका अध्यक्ष २८ वर्षीय विद्यानन्द चौधरी सवार मधेश प्रदेश ०६–००१ झ ०००५ नक्बरको चारचक्के गाडीले हनुमाननगर रोडमा ०८२ फागुन ४ गते ठक्कर दिएको थियो । घाइते सादाको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका संयोजक दीपेन्द्र यादवका अनुसार उपचारपछि खर्च भुक्तानी नभएको कारण अस्पतालमै राखिएको हो । उपचारका क्रममा करिब २७ हजार रुपियाँ खर्च भएको हुँदा गाउँपालिका अध्यक्ष सम्पर्कमा नआएकोले घाइते महिलालाई अस्पतालले रोकिराखेको हो । पालिका अध्यक्षलाई पटक–पटक सम्पर्क गर्दा पनि कुनै प्रतिक्रिया नआएको अस्पताल संयोजक यादवको भनाइ छ।
पीडितका १८ वर्षीय छोरा अमरनाथ मण्डलले आर्थिक अवस्था कमजोर भएकाले अस्पतालको उपचार खर्च तिर्न नसकिएको बताए ।