INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी चौकी विर्ताबजार तोडफोड

प्रहरी चौकी, विर्ताबजार फागुन ७ गते तोडफोड गरिएको छ ।

विर्तामोड नगरपालिका–३ स्थित काजी पार्टी प्यालेसमा काम गर्ने बाहृदशी गाउँपालिका–४ का सुजन राईलाई कुटपिट भएको घटनाको अनुसन्धानका लागि प्रहरी चौकीमा राखिएको अवस्थामा राईका समर्थकले ०८२ फागुन ७ गते प्रहरी चौकी विर्ताबजार तोडफोड गरेका हुन् ।

विर्तामोड नगरपालिका–३ स्थित काजी पार्टी प्यालेसमा काम गर्ने बाहृदशी गाउँपालिका–४ का सुजन राईलाई सोही पाटी प्यालेसका सञ्चालक खड्का, सोही पाटी प्यालेसमा काम गर्र्दै आएका शिवाकोटी र बुढाथोकीले फागुन ७ गते कुटपिट गरेका थिए । सोही घटनाको अनुसन्धानका लागि राईसहित आरोपित सबै जनालाई प्रहरी चौकीमा राखिएको अवस्थामा राईका समर्थकले प्रहरी चौकीमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तोडफोडबाट प्रहरी चौकी विर्ताबजारको कार्यालयको अगाडिको झ्यालको सिसा फुट्नुका साथै कम्प्युटर टेवलमा क्षति पुगेको छ ।

कुटपिटका संलग्न तीनै जनालाई प्रहरीले रिहासतमा राखेको छ । कुटपिटबाट घाइते भएका सुजन राईको बीएण्डसी अपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी तोडफोडमा संलग्न अरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नरेश खाती

अन्य

भिडियो