१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ खटखटियाका २० वर्षीय रामलाल लोधलाई फागुन ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई पुस १८ गते यौन दुव्र्यवहार गरेको भनी पीडित पक्षले फागुन ४ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।