INSEC Online

📅 २०८३ जेष्ठ २१

भिडियो खिचेको आरोपमा सेनाद्वारा कुटपिट

 

नेपाली सेनाले गस्ती गरेको भिडियो खिचेको आरोपमा रतुवामाई नगरपालिका–१ सोनापुरका २२ वर्षीय श्याम गिरीलाई फागुन ८ गते कुटपिट गरेको छ ।

निर्वाचन सुरक्षाका लागि गस्ती गरिरहेको भिडियो खिचेको आरोपमा रतुवामाई नगरपालिका–१ सोनापुरमा नेपाली सेनाले गिरीलाई ०८२ फागुन ८ गते कुटपिट गरेको हो ।

जनताको सुरक्षाका लागि गस्ती गरिरहेको अवस्थामा भिडियो खिचेको भनेर नेपाली सेनाको गस्ती टोलीले एक झापड हिर्काएको र भिडियो डिलिट गर्न लगाएको वडाध्यक्ष घनश्याम गिरीले बताउनु भयो ।

सेनाले निर्घात कुटपिट गरेको नभइ एक झापड मात्र हिर्काएको वडाध्यक्ष गिरीको भनाइ छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो