बलात्कार घटनाका दुई जना आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले झापा र इलामबाट एक/एक जना गरी दुई जनालाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ ।
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–७ का ६४ वर्षीय प्रमानन्द पौडेललाई झापाबाट ०८२ फागुन ७ गते गिरफ्तार गरेको छ ।
महिलालाई आरोपितले फागुन २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पतालमा फागुन ५ गते गरिएको छ ।
त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला माङसेबुङ गाउँपालिका–३ का २० वर्षीय सिलाश लिम्बूलाई ०८२ फागुन ६ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले ०८२ फागुन २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन ६ गते प्रहरी चौकी, बाँझोमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ६ गते गरिएको छ ।