INSEC Online

📅 २०८३ श्रावण ११

समाचार

हत्या घटनाका आरोपित गिरफ्तार 

गुजरा नगरपालिका- ५ हरिहरपुरकी ४५ वर्षीया रेणु देवी जैसवालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय खतुवा विजयपुरको टोलीले बारा जिल्ला करैयामाई गाउँपालिका-८ इटहर बेलाई घर

वर्षेनी पुलुमा पहिरोको कहर, तीन वर्षीय बालकको मृत्यु

लगातारको वर्षापछि ०८३ साउन ८ गते राति मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा खसेको पहिरोमा परी तीन वर्षीय बालकको मृत्यु भएको छ। पहिरोमा च्यापिएर तीन वर्षीय रमेश बडुवालको मृत्यु

संघीय सांसद माथि दुर्व्यवहार

राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद ४५ वर्षीय गणेश  पौडेलमाथि ०८३ साउन ७ गते पहिचान नखुलेको समूहले कालो मसी छर्की दुर्व्यवहार गरेको छ

न्यायपालिकाको स्वतन्त्रतामाथि असर पार्ने सरकारी गतिविधिप्रति अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाको चिन्ता

एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले नेपाल सरकारका पछिल्ला गतिविधिले न्यायपालिकाको स्वतन्त्रता र विधिको शासनमाथि गम्भीर असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

झुम्का कारागारबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ । बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेको अवस्थामा ०८२ भदौ २४ गते फरार भएका धरान उपमहानगरपालिका–८

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको आग्रह

संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने माग गर्दै आम द्वन्द्वपीडित समुदायले ०८३ साउन ७ गते काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले पीडितको सहभागिता बिनाको कुनै

निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा दुई जना गिरफ्तार

निषेधित क्षेत्र प्रधानमन्त्री निवास, बालुवाटारमा प्रदर्शन गर्न जाने क्रममा २७ वर्षीया निहारिका राजपुत र २९ वर्षीया बिनु यादवलाई प्रहरीले ०८३ साउन ७ गते गिरफ्तार गरेको छ । प्रदर्शनका लागि कालो

इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा गर्न माग

इलामवासीले जिल्लालाई तीन महिनाका लागि सङ्कटग्रस्त घोषणा गर्न सरकारसँग माग गरेका छन् । मनसुन सक्रिय भएसँगै लगातारको वर्षाका कारण मेची राजमार्गसहितका वैकल्पिक सडक एक महिनायता बाढीपहिरोका कारण अवरुद्ध भएपछि इलामवासीले

बाढीपहिरोका कारण १६ घरपरिवार विस्थापित

जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९ सेलागाडमा ०८३ साउन ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले १६ घरपरिवार विस्थापित भएका छन् । सेलागाडबस्तीमाथिबाट साउन ८ गते बिहान ४ बजे

त्रिपालमुनि पठनपाठन गर्न बाध्य विद्यार्थी

चङ्खेली गाउँपालिका–५, नेप्कागाउँको डाँफे आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि विद्यार्थी त्रिपालमुनि पठनपाठन गर्दै आएका छन् । ०८३ जेठ ५ गते राति आएको पहिरोले विद्यालय भत्किएपछि चौरमा त्रिपाल टाँगेर पढाइ सुरु गरिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–५ देविस्थान पन्थोकाका २२ वर्षीय विकल विकलाई ०८३ साउन ३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई साउन २ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–८ चित्रे बस्ने २१ वर्षीय समिर परियारलाई ०८३ साउन ५ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई साउन ४ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नगरपालिका–१० का २० वर्षीय राजेश कुमार महतोलाई ०८३ साउन ६ गते गिरफ्तार गरेको छ । आरोपितले युवतीलाई ०८२ फागुन २० गते बलात्कार

त्रिभुवन विश्वविद्यालय परिसरमा विरोध प्रदर्शनका क्रममा ६ जना विद्यार्थी गिरफ्तार

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसमा आयोजित समारोहमा सहभागी भएका शिक्षा मन्त्रीविरुद्ध विद्यार्थीहरुले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले ६ जना विद्यार्थीलाई ०८३ साउन ७ गते गिरफ्तार  गरेको छ । प्रहरीले

बालिका बलात्कार घटनाका आरोपमा गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका–१०, शेरबास बस्ने १९ वर्षीय सुशिल रानामगरलाई ०८३ साउन ६ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई साउन ५ गते बलात्कार गरेको

सामाजिक सञ्जालमा चरित्रहत्या घटनाका आरोपित गिरफ्तार

पुराण वाचिका राधिका दासीविरुद्ध सामाजिक सञ्जालमार्फत विभिन्न आरोप लगाउँदै आएकी २२ वर्षीया बेदिका केसीलाई प्रहरीले ०८३ साउन ७ गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपित विरुद्ध साइबर ब्यूरोमा ०८३

बालक हत्या घटनाका आरोपित गिरफ्तार

सम्सी गाउँपालिका–५ पोखरभिण्डाका तीन वर्षीय बालक मनिकेश यादवको हत्या आरोपमा प्रहरीले १५ वर्षीया  बालिकालाई ०८३ साउन ५ गते गिरफ्तार गरेको छ। मल बोकेको साइकल लिएर खेततर्फ जाँदै गरेकी बालिकाले जेठ

मोवाइल फोनमा कुराकानी गरेको भन्दै पत्नीमाथि कुटपिट

नवराजपुर गाउँपालिका—४ की २७ वर्षीया संजनाकुमारी यादवलाई मोवाइल फोनमा कुराकानी गरेको भन्दै फलामको रड तताई कुटपिट गरेको आरोपमा प्रहरीले पति ३३ वर्षीय रामशंकर यादवलाई ०८३ साउन ६ गते गिरफ्तार गरेको

प्रादेशिक अस्पताल लहानमा भिडियो एक्सरे सेवा बन्द

प्रादेशिक अस्पताल लहानमा ०८३ साउन १ गतेदेखि  मेडिकल अधिकृतहरुको म्याद थप नभएको र विशेषज्ञको दरबन्दी रिक्त रहेकोले भिडियो एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । मिर्चैया नगरपालिका– ११

द्वन्द्व पीडितको अर्थपूर्ण सहभागिता र आयोग पुनर्गठनको माग

सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा द्वन्द्व पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै पोखरामा धर्ना कार्यक्रम सम्पन्न