शिक्षा क्षेत्रका बिकृती र बिसङ्गती अन्त्यकालागि रिट दायर
इन्सेकलगायत मानव अधिकारवादी संघ संस्था र कानुन व्यवसायीहरूले शिक्षा क्षेत्रमा देखिएका बिकृती र बिसङ्गतीे अन्त्यकालागि नेपालगञ्ज उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा जेठ ५ गते रिट दायर गरेका छन् । सार्बजनिक सरोकारका विषयमा वकालत गर्दै आएका अधिकारकर्मीहरूको समुहले संविधान र कानुनले व्यवस्था गरेको शिक्षाको अधिकार सुनिश्चितको माग गरेका हुन् । मुद्धद्दमा…
मत परिणाम घोषणापछि सील भएको मतपेटिका भेटिए
महोत्तरीमा मतपरिणाम घोषणापछि सील भएको मतपेटिका भेटिएको छ । सील नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न भएर परिणाम समेत घोषणा भइसकेपछि एउटा मतपेटिकाको गणना नै छुटेको पाइएको हो । यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा…
मतपेटिकाको सिल तोडिएको पाइएपछि बुटवल उपमनपा–११ को मतगणना रोकियो
बुटवल उपमहानपा– ११ मा मतपेटिका खोल्ने क्रममा सिल तोडिएको र स्वस्तिक छाप भेट्टिएपछि जेठ ५ गते मतगणना कार्य रोकिएको छ । सिल तोडिएको र तोडिएको सिल मतपेटिका बाधिएको कपडामा पाइएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताउनु भयो । निर्वाचन अधिकृत पौडेलले एक सिल चुडिदैँमा मत पत्रमा कुनै खालको असर नगर्ने भएकाले…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ । शाहीको नेपालगञ्ज मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो । मतगणना स्थलबाहिर बसिरहेको बेला वैशाख ३१ गते गठबन्धन पक्षको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ९ सय ३८ जना निको…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन । क्षिरेश्वरनाथ नगरपालिका–५ को मतगणनामा मत सङ्ख्या हेरफेर भएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस लगायतको दलीय प्रतिनिधिहरु बिच विवाद भई मतगणना…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७ सय ७८ मतदाता रहेकोमा १ हजार २ सय ८८ मत खसेको मुचुल्कामा उल्लेख गरिएको थियो । मत गणना गर्ने क्रममा…
रोल्पा कारागारमा एक जना कैदीद्वारा झुण्डिएर आत्महत्या
रोल्पा कारागारमा अपराधिक लाभ मुद्दामा कैद भुक्तान गरी रहेका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयबिक्रम शाह जेठ ४ गते झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जेठ ४ गते साँझ कैदी बन्दीको गन्ती गर्दा शाह नभेट्टिएपछि शौचालयमा भित्रबाट ढोका बन्द गरिएको र बोलाउदा नबोलेपछि नेपाली सेना सहितको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले अर्नमा गाउँपालिका-१ का ३३ वर्षीय रामपुजन कामतीलाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित कामती र सोही ठाउँका २० वर्षीय वीरेन्द्र उरावले जेठ ३ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ ४ गते पीडित पक्षले…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ४ गते)
जेठ ४ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८ सय ५६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ९ सय २९ जना निको…