त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसमा आयोजित समारोहमा सहभागी भएका शिक्षा मन्त्रीविरुद्ध विद्यार्थीहरुले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले ६ जना विद्यार्थीलाई ०८३ साउन ७ गते गिरफ्तार गरेको छ ।
प्रहरीले गिरफ्तार गरिएकाहरुमा केन्द्रीय क्याम्पसका स्ववियु उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा, अनेरास्ववियु शंकरदेव क्याम्पसका संयोजक दिनेश रेग्मी, कूलबहादुर बुढा, डम्बरसिंह ऐरी र प्रकाश सञ्जेल रहेको नेविसंघकी अध्यक्ष करुणा कटुवालले जानकारी दिनुभयो ।
गिरफ्तार गरिएकाहरुलाई प्रहरी वृत्त, कीर्तिपुरको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो।