INSEC Online

📅 २०८३ श्रावण ८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नगरपालिका–१० का २० वर्षीय राजेश कुमार महतोलाई ०८३ साउन ६ गते गिरफ्तार गरेको छ ।

आरोपितले युवतीलाई ०८२ फागुन २० गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा ०८३ बैशाख ८ गते उजुरी दिएको पीडितले बताइन ।

घटनासम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुदन केसीले जानकारी दिनुभएको छ ।

पीडितको स्वास्थ्य परीक्षण बैशाख ८ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।

दुर्गा परियार

अन्य

भिडियो