INSEC Online

📅 २०८३ श्रावण ९

संघीय सांसद माथि दुर्व्यवहार

राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद ४५ वर्षीय गणेश  पौडेलमाथि ०८३ साउन ७ गते पहिचान नखुलेको समूहले कालो मसी छर्की दुर्व्यवहार गरेको छ । अत्तरगत गढिमाई नगरपालिका–४ पर्सामा आयोजित जनता सँग भेटघाट कार्यक्रम सकेर फर्कने क्रममा पहिचान नखुलेको समूहले पछाडिबाट एक्कासी आक्रमण गरी कालो मसि छर्केर फरार भएको पौडेलले बताउनु भयो । उनीहरुले रातो झण्डा  देखाई आफूहरु  मधेसी  मुक्ती अभियानसँग आबद्ध  समूह रहेको भन्दै भागेको पौडेलले जानकारी दिनुभयो। घटनासम्बन्धमा अनुसन्धान भइरहेको र आरोपितहरुको खोजतलास गरिरहेको  इलाका प्रहरी  कार्यालय गरुडाका डिएसपी  शंकर  आचार्यले बताउनुभयो ।

गौरी न्यौपाने

अन्य

भिडियो