१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–५ देविस्थान पन्थोकाका २२ वर्षीय विकल विकलाई ०८३ साउन ३ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३ गते दिएको उजुरीका आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण साउन ३ गते प्रादेशिक अस्पताल बेनीमा गरिएको छ ।