गुजरा नगरपालिका- ५ हरिहरपुरकी ४५ वर्षीया रेणु देवी जैसवालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय खतुवा विजयपुरको टोलीले बारा जिल्ला करैयामाई गाउँपालिका-८ इटहर बेलाई घर भई गुजरा नगरपालिका – ५ हरिहरपुर बस्दै आएका ३५ वर्षीय उपेन्द्र साहलाई ०८३ साउन ८ गते गिरफ्तार गरेको छ।
आरोपितले महिलालाई ०८३ साउन ८ गते विदेशबाट ल्याएको मिठाई बाँड्ने क्रममा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आरोपित १० दिनअघि मात्रै वैदेशिक रोजगारबाट घर आएका थिए।
खुकुरी प्रहार गरी रेणुको हत्या गरेपछि स्थानीयहरुको कुटपिटबाट आरोपित घाइते भएका थिय। आरोपितको उपचारको लागि चन्द्रपुर प्राली चपुरमा गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूचना अधिकारी बसन्त गौतमले बताउनुभयो।
शव पोस्टमार्टमको लागि चन्द्रपुर नगर अस्पतालमा चपुरमा गरिएको र सद्गतको लागि साउन ८ गते नै परिवारलाई बुझाइएको छ ।