INSEC Online

📅 २०८३ श्रावण ७

बालक हत्या घटनाका आरोपित गिरफ्तार

सम्सी गाउँपालिका–५ पोखरभिण्डाका तीन वर्षीय बालक मनिकेश यादवको हत्या आरोपमा प्रहरीले १५ वर्षीया  बालिकालाई ०८३ साउन ५ गते गिरफ्तार गरेको छ।

मल बोकेको साइकल लिएर खेततर्फ जाँदै गरेकी बालिकाले जेठ २२ गते बालकलाई ठक्कर दिएकी थिइन्। ठक्करबाट बालक अचेत भएपछि उनको मृत्यु भएको बुझि बोरामा राखी नजिकैको पोखरीमा फालेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका  डिसपी पञ्चलाल गोलेले जानकारी दिनुभयो । खोजलतास गर्ने क्रममा सोही ठाउँमा रहेको पोखरीमा बालकको शव तैरिरहेको अवस्थामा जेठ २५ गते फेला परेको थियो ।

मधेस प्रदेश कार्यालय

अन्य

भिडियो