पुराण वाचिका राधिका दासीविरुद्ध सामाजिक सञ्जालमार्फत विभिन्न आरोप लगाउँदै आएकी २२ वर्षीया बेदिका केसीलाई प्रहरीले ०८३ साउन ७ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपित विरुद्ध साइबर ब्यूरोमा ०८३ साउन ५ गते दिएको उजुरी आधारमा आरोपितलाई गिरफ्तार गरेको साइबर ब्युरोका प्रवक्ता एस्पी दिलीप कुमार गिरिले जानकारी दिनुभयो । जिल्ला अदालत, काठमाडौँले आरोपितलाई एक दिन हिरासतमा राख्न अनुमति दिएकोमा प्रहरीले आरोपितलाई साोही दिन हाजिरी जमानीमा रिहा गरेको छ ।