INSEC Online

📅 २०८३ असार १५

समाचार

बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छ्थर गाउँपालिका–१ का ५० वर्षीय साङ्गे शेर्पालाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको फागुन २९ गतेको इजालसले

शैक्षिक सत्र सकिन लाग्दासमेत पाठ्य पुस्तक नपाउदाँ पठन पाठन प्रभावित

शैक्षिक सत्र सकिन  लाग्दासमेत जिल्लाका विद्यार्थीहरूले पाठ्य पुस्तक नपाउदा विद्यार्थीहरूको पठन पाठन प्रभावित बनेको छ । थवाङ गाउँपालिका, सुनिल स्मृति गाउँपालिका र  सदरमुकाम स्थित बालकल्याण नमुना माध्यमिक विद्यालय लगायत जिल्ला

मधेश प्रदेशमा मानव अधिकार सहायता कक्ष स्थापना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश र राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन २९ गते जनकपुरमा मानव अधिकार सहायता कक्षको स्थापना गरिएको छ । मानव अधिकार

कारागार व्यवस्थापन हुन नसकेपछि कैदीबन्दीहरु समस्यामा

जिल्ला कारागार, अछाममा क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिदै आएपनि कैदैबन्दीहरुको अनुपातमा कारागार व्यवस्थापन नगरिदा कैदीबन्दीहरु ग्यालरीमा सुत्न बाध्य भएका छन् । जिल्ला कारागारमा कैदीबन्दी थपिएसँगै कोठाको अभावमा ग्यालरीमा सुत्नु पर्ने

शिक्षाको अधिकार सम्बोधनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, चालू आर्थिक वर्षमा प्रदेशका ७ सय २६ ओटा विद्यालय छनौट

शिक्षाको अधिकार सम्बोधन गर्ने गरी सरकारले सुरूआत गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालू आर्थिक वर्ष ०७८-०७९ मा प्रदेश १ का ७ सय २६ ओटा विद्यालय छनौटमा परेका छन् ।

विशेषज्ञ डाक्टर अभावका कारण सेवाग्राही समस्यामा

जिल्ला अस्पताल, डडेल्धुरामा विशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि आउने सेवाग्राहीहरुले सेवा नलिइकनै जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ । १८ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा पुरै दरबन्दी

ज्यालामा विभेद भोग्दै महिला श्रमिकहरु !

नेपालको संविधानको धारा २० को १ मा महिला भएकै कारणबाट कुनै पनि किसिमको भेदभाव नगरिने व्यवस्था गरिएको भएपनि महिला कामदारहरुले पुरुष कामदार सरह सामान कामका लागि समान ज्याला पाउन नसकेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–५ पावला १९ वर्षीय प्रदीप खत्रीलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ फागुन २५ गते बलात्कार गरेको

अर्नाकोटमा खानेपानीको चरम अभाव

बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोट देउरालीमा वर्षौँदेखि खानेपानीको चरम अभाव रहेको छ । एक गाग्री पानी ल्याउन यहाँका स्थानीयहरुले दैनिक घण्टौ यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । २ सय ५० घरधुरी

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २९ गते)

फागुन २९ गते ५९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २९ गते

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

डेढ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरी सार्वजनिक गरेको छ । प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र सोही ठाउँका २८ वर्षीय मिथुन

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नवराजपुर गाउँपालिका–१ का १९ वर्षीय जितेन्द्र यादव र २० वर्षीय सन्तोष यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन २८ गते उजुरी दिएको छ

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–२ रुम गाउँकी २५ वर्षीया सम्झना बिकलाई कुटपिट गरेको आरोपमा फागुन २८ गते २७ वर्षीय पति धनकेसे बिकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २७ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई फागुन १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले चक्रघट्टा गाउँपालिका–६का २२ वर्षीय रामप्रवेश यादवलाई फागुन २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १८ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–४ का ठोकाका ४२ वर्षीय उमेश राईलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ फागुन २६ गते बलात्कार गरेको

गाउँपालिकाको कार्यलय बन्द हुँदा सेवाग्राही समस्यामा

कर्मचारी कुटिएको भन्दै खनियाबास गाउँपालिकाको कार्यालय बन्द हुँदा सेवाप्रवाह फागुन २२ गतेदेखि बन्द भएको छ । गाउँपालिकाका कर्मचारी इन्जिनियर खनियाबास गाउँपालिका-४ निवासी ३० वर्षीय प्रवल तामाङ र सब इन्जिनियर खनियाबास

लाङटाङ स्वास्थ्य चौकीमा औषधि अभाव

गोसाइकुण्ड गाउँपालिका–४ को लाङटाङ स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । यहाँ आउने स्वदेशी पर्यटकहरू स्वास्स–प्रस्वास, जीउदुख्ने, छाती दुख्ने समस्याले बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय ससुरालाई जिल्ला प्रहरी कार्यालय सिरहाले फागुन २७ गते गिरफ्तार गरेको छ । पीडित महिलाका अनुसार आरोपितले पुस १६ गते बलात्कार गरेको र

खुकुरी आक्रमणमा एक विद्यार्थी घाइते

खनियाबस गाउँपालिका–१  स्थित शिङ्गला देवी माद्यामिक विद्यालयमा फागुन २७ गते साङ्घातिक आक्रमण हुँदा एक विद्यार्थी घाइते भएका छन् । विद्यालय कक्षाभित्र खुकुरी प्रहारबाट कक्षा ७ मा अध्यायनरत १३ वर्षीय रबिन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २८ गते)

फागुन २८ गते ३० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ८ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २८ गते