INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–२ रुम गाउँकी २५ वर्षीया सम्झना बिकलाई कुटपिट गरेको आरोपमा फागुन २८ गते २७ वर्षीय पति धनकेसे बिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन २७ गते साँझ कुटपिट गरेपछि पीडितले सोही राति १० बजे प्रहरी चौकी त्रिपुराकोटमा कारवाहीको लागि निवेदन दिनु भएको थियो ।

पतिले प्रहार गरेको चिरपट दाउराले पीडितको टाउकोमा चोट लागेपछि त्रिपुरासुन्दरी मेडिकलमा उपचार गराइरहेको पीडित सम्झनाले बताउनु भयो ।

त्रिपुराकोट प्रहरी चौकीका इञ्चार्ज सई रुद्रबहादुर शाहीले पीडितको निवेदनको आधारमा आरोपितलाई गिरफ्तार गरेर चौकीमा राखिएको र उपचारपछि छलफल गराउने बताउनु भयो ।

अन्य

भिडियो