INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षाको अधिकार सम्बोधनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, चालू आर्थिक वर्षमा प्रदेशका ७ सय २६ ओटा विद्यालय छनौट

शिक्षाको अधिकार सम्बोधन गर्ने गरी सरकारले सुरूआत गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालू आर्थिक वर्ष ०७८-०७९ मा प्रदेश १ का ७ सय २६ ओटा विद्यालय छनौटमा परेका छन् ।

छनौटमा परेका विद्यालयको भौतिक पूर्वाधारसहित प्रविधिमैत्री सिकाइ वातावरणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको सुरूआत गरिएको नेपाल सरकारले जनाएको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणपत्र सन् १९४८ मा धारा २६ मा शिक्षाको अधिकारलाई व्यवस्था गरिएको छ ।

सो धारामा प्रत्येक व्यक्तिलाई शिक्षाको अधिकार हुनेछ । कम्तीमा प्रारम्भिक र मौलिक तहमा शिक्षा निःशुल्क उपलब्ध हुनेछ । प्रारम्भिक शिक्षा अनिवार्य हुनेछ । प्राविधिक तथा व्यवसायिक शिक्षा सबैका लागि सामान्यतः प्राप्य र पहुँचयोग्य बनाइनेछ र उच्च शिक्षा क्षमताका आधारमा सबैलाई समान रूपमा पहुँचयोग्य हुनेछ भनि व्यवस्था गरिएको छ ।

बालअधिकार सम्बन्धी महासन्धी, १९८९ लाई नेपाल सरकारले सन् १९९० सेम्टेम्बर २ अर्थात् वि.स. २०४७ भदौ १७ गते पक्ष राष्ट्रका रूपमा अनुमोदन गरेको छ । सो महासन्धीको धारा २८ मा शिक्षाको अधिकारलाई पक्षराष्ट्रले स्वीकार गरी शिक्षाको अधिकारलाई सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्छन् भनि उल्लेख गरिएको छ ।

नेपालको संविधानमा धारा ३१ मा शिक्षाको अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भनि व्यवस्था गरिएको छ ।

उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिर्वाय र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने व्यवस्था छ ।

नेपाल सरकारले वि.स.२०६८ जेठ ११ गते विद्यालय शान्ति क्षेत्र घोषणा गरेको छ । सो घोषणामा विद्यालयको शैक्षिक वातावरण सुधारका लागि आवश्यक भौतिक सुधारसहित प्रविधिमैत्री शिक्षालाई आत्मसाथ गरिने उल्लेख छ ।

“सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र” बनाउने उद्देश्यसहित नेपाल सरकारले ०७६ पुस २७ गतेबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू गरेको छ ।

शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधारदेखि लिएर सिकाइ वातावरणसँग जोडिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले संविधान प्रदत्त शिक्षाको अधिकार र बालबालिकाको अधिकारलाई सम्बोधनको प्रयास गरेको छ ।

मन्त्रीपरिषद्को ०७८ फागुन २ गतेको निर्णयले देशभरका ४ हजार १ सय ५७ ओटा सार्वजनिक विद्यालयको भौतिक एवम् शैक्षिक वातावरण सुधारका लागि छनौट गरिएको छ ।

आर्थिक वर्ष ०७८-०७९ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा प्रदेश १ का १ सय ९८ विद्यालयमा चारकोठे भवन, १ सय ७९ विद्यालयमा दुईकोठे भवन, ३ सय ४९ विद्यालयमा आईसीटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा सात विद्यालय छनोट भएका छन् ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ९७ ओटा विद्यालय छनोट भएका छन् । उर्लावारी नगरपालिकाका सात ओटा विद्यालय छनौट भएका छन् । लक्ष्मी मावि उर्लावारी–८, श्रीजना आधारभूत  विद्यालय उर्लावारी –४, सार्वजनिक मावि उर्लावारी–९, नुनसरी आधारभूत  विद्यालय उर्लावारी–१, सरस्वती मावि उर्लावारी–२, शारदा मावि उर्लावारी–१, दुर्गा मावि उर्लावारी–३ र शान्ति मावि उर्लावारी–२  छन् । कटहरी गाउँपालिकाका चार ओटा विद्यालय छनौट भएका छन् । आधारभूत विद्यालय खयरवना कटहरी –४, जनप्रिय मावि कटहरी–३, रामजानकी आधारभूत विद्यालय कटहरी–६ र प्रजातन्त्र मावि कटहरी–६ रहेका छन् । कानेपोखरी गाउँपालिकाका दुई ओटा विद्यालयहरू प्रेमलक्ष्मी मावि कानेपोखरी–२ र शिक्षा सदन मावि कानेपोखरी–३ रहेका छन् ।

केरावारी गाउँपालिकाका सात ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् । सरस्वती मावि केरावारी–१, कल्याणकारी मावि केरावारी–२, कुवापानी मावि केरावारी—३, लक्ष्मी मावि केरावारी –९, सार्वजनिक मावि केरावारी–७, बुद्ध मावि केरावारी–९ र मछिन्द्र मावि केरावारी –८  छन् ।

ग्रामथान गाउँपालिकाका पाँच ओटा विद्यालय छनोट भएका छन् । वेगनलाल आधारभूत विद्यालय ग्रामथान –१, महेन्द्र मावि ग्रामथान –४, बाणी मावि ग्रामथान –३, वीरेन्द्र मावि ग्रामथान–१ सरस्वती मवि ग्रामथान–२ रहेका छन् ।

जहदा गाउँपालिकाका तीन वटा विद्यालयहरू महेन्द्र मावि जहदा–७, बुद्धेश्वरी मावि जहदा १ र दुर्गा मावि जहदा –५ छन् ।

धनपालथान गाउँपालिकाका सात ओटा विद्यालय छनौट भएका छन् । शिवशक्ति मावि धनपालथान –३, सर्वोदय मावि धनपालथान–७, सरस्वती मावि धनपालथान –६, सारदा मावि धनपालथान –४, किसान आधारभूत विद्यालय–४, हंशवाहिनी आधारभूत विद्यालय धनपालथान–१ र जनता मावि धनपालथान –४ छन् ।

पथरीशनिश्चरे नगरपालिकाका ६ ओटा विद्यालयहरू सुनाखरी मावि पथरीशनिश्चरे १, अमरसिंह मावि पथरीशनिश्चरे –५, पञ्चायत मावि पथरीशनिश्चरे  –१, सरस्वती आधारभूत विद्यालय पथरीशनिश्चरे –४, जनता मावि पथरी शनिश्चरे –३  भागिरथ मावि पथरीशनिश्चरे–४ रहेका छन् ।

बुढीगङ्गा गाउँपालिकाका पाँच ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् । जनप्रिय मावि बुढीगङ्गा –३, मधुग्राम देवता आधारभूत विद्यालय बुढीगङ्गा–२, नारायण मावि बुढीगङ्गा–६, लिलाभक्त आधारभूत विद्यालय बुढीगङ्गा –२ र नगरग्राम नमूना माध्यामिक विद्यालय बुढीगङ्गा –१ छन् ।

वेलवारी नगरपालिकाका १० ओटा विद्यालय छनौट भएका छन् । थिरनाथ मावि वेलवारी–१०, लक्ष्मी मावि वेलवारी–१०, धनपालमावि वेलवारी–५, जनता मावि वेलवारी–९, जनता मावि वेलवारी–९, काली मावि वेलवारी–९, महेन्द्र मावि वेलवारी–१०, कसेनी मावि वेलवारी–४ र जनता मावि वेलवारी–८ छन् ।

मिक्लाजुङ गाउँपालिकाका पाँच ओटा विद्यालयहरूमा भगवती मावि मिक्लाजुङ–७, टाँडी मावि मिक्लाजुङ–१, सिंहदेवी आधारभूत विद्यालय मिक्लाजुङ–५, कालिका सामावि मिक्लाजुङ–३ र देवकोटा मावि मिक्लाजुङ–८ रहेका छन् ।

रङ्गेली नगरपालिकाका पाँच ओटा विद्यालय राष्ट्रपनि शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् ।

गणेश मावि रङ्गेली–६, रत्न मावि रङ्गेली –३, महेन्द्र आधारभूत विद्यालय रङ्गेली –२, निचामारी आधारभूत विद्यालय रङ्गेली –७ र लक्ष्मी आधारभूत विद्यालय रङ्गेली –२ छन् । लेटाङ नगरपालिकाका पाँच ओटा विद्यालयहरूमा शान्ति भगवती मावि लेटाङ–४, शिक्षा विकास मावि लेटाङ–५, श्रीमावि लेटाङ –९ जाँते, लक्ष्मी मावि लेटाङ–७ पिलुम्बा र भगवती आधारभूत विद्यालय लेटाङ–७ छन् ।

विराटनगर महानगरपालिकाका नौ ओटा विद्यालय छनौटमा परेका छन् । आदर्श मावि विराटनगर–७, बालसुधारगृह मावि विराटनगर–३, जनतानमूना मावि विराटनगर–२, मदननगर आधारभूत विद्यालय विराटनगर–३, बखरी आधारभूत विद्यालय विराटनगर–१२, जनपथ मावि, राधाकृष्ण भूपालमानसिंह कार्की मावि, विराट वहिरा मावि विराटनगर–५ र आधारभूत विद्यालय कञ्चनवारी छन् ।

सुनवर्षी नगरपालिकाका तीन ओटा विद्यालयहरू जनता मावि गान्धी आश्रम सुनवर्षी –४, वीरेन्द्र सार्वजनिक मावि अमरदह सुनवर्षी–२ र सार्वजनिक आधारभूत विद्यालय सुनवर्षी –३ छन् ।

सुन्दरहरैंचा नगरपालिकाका ६ ओटा विद्यालयहरूमा जनता मावि सुन्दरहरैंचा –१ पचाम, देवता आवि सुन्दरहरैंचा –२, हिमालय आवि सुन्दरहरैंचा– ११, गछिया आवि सुन्दरहरैंचा–६, राम आवि सुन्दरहरैंचा –९ र सुकुना मावि सुन्दरहरैंचा –१० छन् ।

रतुवामाई नगरपालिकाका नौ ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् । सिजुवा मावि सिजुवा रतुवामाई–३, महेन्द्र मावि देवीस्थान रतुवामाई–८, संस्कृत आवि रतुवामाई–१, बालविकास आधारभूत विद्यालय रतुवामाई–८, हिमालय आधारभूत विद्यालय रतुवामाई–८, सातमेडी, माध्यामिक विद्यालय रतुवामाई–२ महादेवा, सरस्वती मावि कादुपाडा रतुवामाई–३, सरस्वती मावि रतुवामाई–१ कल्याणपुर र महेन्द्र मावि रतुवामाई–१० देवीस्थान रहेका छन् ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लाका १५ ओटा स्थानीय तहका ८५ ओटा विद्यालय शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ । यो कार्यक्रममा दुई कोठे भवन, आइसीटी भवन, चार कोठे भवन र ल्याव निर्माण गरिने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख राजकुमार विश्वकर्माले राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमले शैक्षिक उन्नयनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । विश्वकर्माका अनुसार ‘इनपुटको रूपमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दछ । विश्वकर्माले विद्यालय भौतिक हिसाले सक्षम रहर्यो भने शैक्षिक पक्ष सबल हुने बताउनु भयो ।

शिक्षाको अधिकारलाई कार्यान्यवन गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख राजुकमार विश्वकर्माको भनाइ छ ।

मेचीनगर नगरपालिकाका सात ओटा विद्यालय छनौटमा परेका छन् । पवित्र मावि मेचीनगर–१, धुलावारी मावि मेचीनगर–२, आर्दश आवि मेचीनगर–२, बालकल्याण मावि मेचीनगर–५, कञ्चनजङ्गा आर्दश मावि मेचीनगर–८ बालसुवोधिनी मावि मेचीनगर–१४ र आर्दश मावि मेचीनगर–८ रहेका छन् ।

विर्तामोड नगरपालिकाका पाँच ओटा विद्यालय छनौटमा परेका छन् । साङ्गुवेद मावि विर्तामोड–२, सरस्वती मावि विर्तामोड–६, अम्बरसिंह मावि विर्तामोड–२ र लक्ष्मी मावि विर्तामोड–७ रहेका छन् ।

झापा गाउँपालिकाका चार ओटा विद्यालय छनौटमा परेका छन् । मदर्शा इलमुल कुरान झापा–१, जनता मावि झापा–६, भृकुटी आर्दश मावि झापा–६ र डिल्लीराज मावि झापा–४ रहेका छन् ।

गौरीगञ्ज गाउँपालिकाका चार ओटा विद्यालय छनौटमा परेका छन् । गौरीगञ्ज मावि गौरीगञ्ज–२, आर्दश मावि गौरीगञ्ज–२, खजुरगाछी मावि गौरीगञ्ज–६ र बालकल्याण मावि गौरीगञ्ज–१ रहेका छन् ।

बाहृदशी गाउँपालिकाका चार ओटा विद्यालय छनौटमा परेका छन् । जनता मावि बाहृदशी–२, राधानगर आर्दश मावि बाहृदशी–३, रामनगर आर्दश मावि बाहृदशी–३ र पञ्चमी मावि बाहृदशी–५ रहेका छन् ।

शिवसताक्षी नगरपालिकाका आठ ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् । भानु मावि शिवसताक्षी–७, भगवती आवि शिवसताक्षी–८, बालसेवा आवि शिवसताक्षी–९, शान्ति आवि शिवसताक्षी–३, सताक्षी गुरूकुलम शिवसताक्षी–११, मोती मावि शिवसताक्षी–८ र राष्ट्रिय रमणीय आर्दश मावि शिवसताक्षी–७ रहेका छन् ।

हल्दीबारी गाउँपालिकाको हल्दीबारी–१ को दुर्गा प्रावि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौटमा परेको छ ।

गौरादह नगरपालिकाका आठ ओटा विद्यालय छनौटमा परेका छन् । स्कूलचौन मावि गौरादह–५, जनता मावि गौरादह–१, खयरवारी आवि गौरादह–५, सूर्योदय आवि गौरादह–३, जनज्योती मावि गौरादह–६, अमर मावि गौरादह–९, भद्रकाली मावि गौरादह–५ र प्रगति मावि गौरादह–८ रहेका छन् ।

कचनकवल गाउँपालिकाको शिव मावि  कचनकवल–१, जनता मावि र गगन आर्दश मावि रहेका छन् ।

कमल गाउँपालिकाका आठ ओेटा विद्यालय छनौटमा परेका छन् । शहीद धर्मभक्त मावि कमल–३, सरस्वती मावि कमल–४, बाँसबारी मावि कमल–१, सिद्धदेवी मावि कमल–५, महेन्द्ररत्न मावि कमल–२, नरेन्द्र जनता मावि कमल–१, शहीदरत्न आर्दश मावि कमल–५, सरस्वती मावि कमल–७ र सिंहदेवी आर्दश मावि रहेका छन् ।

अर्जुनधारा नगरपालिकाका आठ ओटा विद्यालय छनौट भएका छन् । शनिश्चरे मावि अर्जुनधारा–८, जनता मावि अर्जुनधारा–३, महारानीगञ्ज अर्जुनधारा–११, संस्कृत मावि अर्जुनधारा–७, चन्द्रोदय प्रावि अर्जुनधारा–८, अर्जुनधारा प्रावि अर्जुनधारा–२ र भानु मावि अर्जुनधारा–५ रहेका छन् ।

वुद्धशान्ति गाउँपालिकाका तीन ओटा विद्यालय छनौटमा परेका छन् । गढीगाँउ मावि वुद्धशान्ति–५, त्रिभुवन मावि वुद्धशान्ति–१ र शान्ति आर्दश मावि वुद्धशान्ति–६ रहेका छन् ।

भद्रपुर नगरपालिकाका तीन ओटा विद्यालय छनौटमा परेका छन् । जीवन ज्योती आर्दश मावि भद्रपुर–९, पुहाँतु जनज्योती मावि भद्रपुर–४, जनकल्याण आर्दश प्रावि भद्रपुर–४,भृकुटी प्रावि भद्रपुर–२ र वीरेन्द्र मावि भद्रपुर–७ रहेका छन् ।

दमक नगरपालिकाका ६ ओटा विद्यालय छनौटमा परेका छन् । पाणिनी मावि दमक–९, सिंहदेवी मावि दमक–१०, कृष्ण मावि दमक–४, ताराबारी मावि दमक–४, महालक्ष्मी आर्दश मावि दमक–२, पृथ्वी मावि दमक–७ र ढुकुरपानी मावि दमक–३ रहेका छन् ।

कन्काई नगरपालिकाका पाँच ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका छन् । आर्दश विद्या मन्दिर कन्काई–९, गायत्री प्रावि कन्काई–४, चम्पापुर मावि कन्काई–६, देवकोटा प्रावि कन्काई–५ र सिंहदेवी आर्दश मावि–२ रहेका छन् ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार आर्थिक वर्ष ०७८÷०७९ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम जिल्लाका ४७ ओटा सामुदायिक विद्यालय छनौट भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा ०७८ फागुन २ गतेको बैठकले कार्यक्रम सञ्चालनका लागि छनौट गरेका विद्यालयहरूमा जिल्लाका ४७ ओटा विद्यालय परेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाईका जिल्लामा सबैभन्दा बढी सुनकोशी गाउँपालिकाका १० ओटा विद्यालय छनौटमा परेका छन ।

सुनकोशी गाउँपालिकाभित्र रहेका चम्पादेवी आधारभूत विद्यालय ककनी सुनकोशी–९, थानी माध्यमिक विद्यालय जेरुङ सुनकोशी–४, पञ्चकन्या मावि सिस्नेरी सुनकोशी–३, सुनकोशी मावि सुनकोशी–२ बलखु, दामती मावि सुनकोशी–६, कटुञ्जे मावि कटुञ्जे सुनकोशी–९, कालिका मावि कोषभञ्ज्याङ्ग सुनकोशी–९, कुशादेवी मावि सुनकोशी–१०, चौतारा मावि डाँडाखर्क सुनकोशी–५ र त्रिवेणीधाम संस्कृत आधारभूत विद्यालय सुनकोशी–१० रहेका छन् ।

चम्पादेवी गाउँपालिकामा तीन ओटा विद्यालय छनौटमा परेका छन् । ज्ञानप्रकाश मावि फूलबारी, जाल्पादेवी आधारभूत विद्यालय महारुन्द्र र गोल्मादेवी मावि पलापु रहेका छन् ।

मानेभञ्ज्याङ गाउँपालिकामा आठ ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा परेका छन् । राज्य लक्ष्मी मावि उबु, शिवदूती आधारभूत विद्यालय राघवपुर, हर्कपुर मावि हर्कपुरटार, महादेवस्थान मावि हिलेपानी, कालिका मावि मोली, भिमसेनस्थान मावि केतुके, मनकामना मावि वाक्सा र निकेतन मावि माधवपुर रहेका छन् ।

मोलुङ गाउँपालिकामा कालिका मावि भालुथुम्का, मोलुङ्ग–७, बरूणेश्वर मावि मोलुङ्ग–२, जलजलेश्वर मावि मोलुङ्ग–४, राँगादीप मावि मोलुङ्ग–८, गणेश मावि ढुस्के मोलुङ्ग–२ र  सरस्वती मावि बङ्नाम मोलुङ्ग–१ गरी ६ ओटा विद्यालय छनोट भएका छन् ।

खिजीदेम्बा गाउँपालिकामा ६ ओटा विद्यालय छनोटमा परेका छन् । शिवालय मावि छेर्मादिङ खिजिदेम्बा –९, चण्डेश्वरी मावि रगनी खिजिदेम्बा–२, कण्डली मावि काती खिजिदेम्बा–४, नर्मदेश्वर मावि चप्लेटी खिजिदेम्बा–१, हिमगङ्गा मावि रावादोलु खिजिदेम्बा–७ र भुसिंङ्गा आधारभूत विद्यालय भुसिंङ्गा खिजिदेम्बा–८ रहेका छन् ।

सिद्धिचरण नगरपालिकामा पाँच ओटा विद्यालय शैक्षिक सुधार कार्यक्रममा परेका छन् । रूम्जाटार मावि रूम्जाटार, जालपा मावि गैरीगाँउ, जन्तरखानी मावि जन्तरखानी, पुन्यमाता मावि बेतिनी र जनचेतन मावि भोर्ले रहेका छन् ।

लिखु गाउँपालिकामा पाँच ओटा विद्यालय छनोटमा परेका छन् । विद्यालयहरूमा जनजीवन मावि लिखु–९, पोखरी आधारभूत विद्यालय लिखु–९, जाल्पा मावि लिखु–८, ग्रामोन्नती आधारभूत विद्यालय लिखु–६ र ग्रामोदय युगकवि सिद्धिचरण मावि रहेका छन् ।

चिशंखुगढी गाउँपालिकामा चार ओटा विद्यालय छनौट भएका छन् । जसमा छात्र प्रगति मावि भदौरे चिशंखुगढी–६, कुइभीर मावि कुइभीर चिशंखुगढी–१, माम्खा मावि माम्खा चिशंखुगढी–८ र  महेश्वर मावि भदौरे चिशंखुगढी–६ रहेका छन् ।

छनौट भएका सबै ४७ ओटै विद्यालयमा आइसीटीका कार्यक्रम सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नेत्रप्रसाद गजुरेलले बताउनु भयो ।

जिल्लाका कुनै पनि विद्यालयलाई भौतिक निर्माणका लागि कार्यक्रम नपरेको उहाँले जानकारी दिनु भएको छ । छनौट भएका प्रत्येक विद्यालयले प्रति विद्यालय ६ लाख ५० हजार प्राप्त गर्नेछन् । प्राप्त बजेटबाट विद्यालयहरुले कम्प्युटर, प्रिन्टर, ल्यापटप, इन्टरनेट जडान र ईलाईब्रेरी र अनलाइन कक्षा गर्ने सामाग्री खरिद गर्न सक्ने इकाई प्रमुख गजुरेलको भनाइ छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ४९ ओटा विद्यालय छनौट भएका छन् ।

दुई कोठे भवन १४ ओटा, चार कोठे भवन ११ ओटा र आइसीटीका लागि २१ ओटा विद्यालय छनौट भएका छन् ।

मिक्लाजुङ गाउँपालिकाका आठ ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् । युवा वर्ष मावि मिक्लाजुङ गाउँपालिका–२, खान्द्रोङ मावि मिक्लाजुङ– १, सार्वजनिक मावि मिक्लाजुङ–७, कुरुम्बा मावि मिक्लाजुङ–५, दुर्गा मावि मिक्लाजुङ–१,हिमालय ज्योति आधारभूत विद्यालय  मिक्लाजुङ–४,   चन्द्रेश्वर मावि मिक्लाजुङ–६,चन्द्रेश्वर मावि मिक्लाजुङ–६ छनौट भएका छन् ।

हिलिहाङ गाउँपालिकाका चार ओटा विद्यालय छनौटमा परेका छन् । मौलो डाँडा आधारभूत विद्यालय हिलिहाङ गाउँपालिका–६,  सिद्धेश्वर मावि हिलिहाङ–७, सिरिजङ्गा मावि हिलिहाङ–३ र सिंहपुर पशुपति मावि हिलिहाङ गाउँपालिका–२ रहेका छन् ।

याङवरक गाउँपालिकाका पाँच ओटा विद्यालय शैक्षिक सुधार कार्यक्रममा छनौट भएका छन् । थर्पु मावि याङवरक गाउँपालिका–४, चन्द्रोदय आधारभूत विद्यालय याङवरक–४, सिरिसे आवि याङवरक–४ र बुद्ध मावि याङवरक–४ छन् ।

फाल्गुनन्द गाउँपालिकाका पाँच ओटा विद्यालय छनौट भएका छन् । सत्यहाङमा मावि फाल्गुनन्द गाउँपालिका–२, सिद्ध देवे मावि फाल्गुनन्द–१, जनकल्याण आधारभूत विद्यालय फाल्गुनन्द–१, जगदम्बीमाइ आवि फाल्गुनन्द–२ र पञ्चामृत आवि फाल्गुनन्द–२ रहेको छ ।

कुम्मायक गाउँपालिकाका सात ओटा विद्यालय छनौट भएका छन् । बलबहादुर आधारभूत विद्यालय कुम्मायक गाउँपालिका– २, पृथ्बी मावि कुम्मायक–१, सिद्धिशरण आवि कुम्मायक–१, सिद्ध मावि कुम्मायक–४, गोरादेवी आवि कुम्मायक गाउँपालिका–२, महेन्द्रोदय मावि कुम्मायक–५, खाल्डे मावि कुम्मायक गाउँपालिका–१,बाल शिखर आवि तुम्बेवा गाउँपालिका–२, सिङ्ककाली आवि, कलेश्वरी आवि र इन्द्राणी मावि छन् ।

फिदिम नगरपालिकाका १० ओटा विद्यालय छनौटमा परेका छन् । तृतीया आधारभूत विद्यालय फिदिम नगरपालिका–११, महादेवआवि फिदिम नगरपालिका–१४, रानीटार मावि फिदिम नगरपालिका–७, सरस्वती मावि फिदिम नगरपालिका–५, कालिका मावि फिदिम नगरपालिका–११, गडी मावि फिदिम नगरपालिका–४,नाङ्गिन मावि फिदिम नगरपालिका–१२, फिदिम मावि फिदिम नगरपालिका–१ र जागृति आवि फिदिम नगरपालिका–४ रहेका छन् ।

फालेलुङ गाउँपालिकाका सात ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् । सरस्वती मावि फालेलुङ गाउँपालिका–३, कालिका मावि फालेलुङ–५, मोतीराम मावि फालेलुङ–२, मेमेङ मावि      फालेलुङ–४, सरस्वती मावि फालेलुङ–१ र पापुन्देन आधारभूत विद्यालय फालेलुङ–७ रहेका छन् ।

भौतिक पूर्वाधारसहित सामुदायिक विद्यालयको शैक्षिक वातावरण्का लागि सरकारको सकारात्मक पलहको प्रयासमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पछिल्ला दिनममा प्रभावकारी हुँदै आएको जिल्ला शिक्षा समन्वय अधिकारी युगमणि सवेहाङले बताउनु भएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ३८ ओटा विद्यालय छनौट भएका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ मा रहेको व्यवस्था बमोजिम शिक्षा तथा मानव  स्रोत विकास केन्द्रको निर्णय अनुसार आर्थिक वर्ष ०७८÷०७९ का लागि आइसीटी ल्याबका लागि ११ ओटा माध्यमिक विद्यालय, एउटा आधारभूत विद्यालय र एउटा प्राथमिक विद्यालय गरी १३ ओटा विद्यालय र चार कोठे भवनका लागि ११ ओटा माध्यमिक विद्यालय र एउटा आधारभुत विद्यालय गरी १२ ओटा विद्यालय छनौट भएका छन् ।

दुई कोठे भवन निर्माणका लागि तीन ओटा माध्यमिक विद्यालय, चार ओटा आधारभूत विद्यालय, दुई ओटा प्राथमिक विद्यालय गरी नौ ओटा विद्यालय र ल्याबमा निर्माणका लागि तीन ओटा माध्यमिक विद्यालय छनौट भएको शिक्षा तथा मानव  स्रोत विकास केन्द्रले जनाएको छ ।

चौविसे गाउँपालिकामा आठ ओटामा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । शारदा मावि चौविसे–१, शुभकामना प्रावि चौविसे–२, सरस्वती प्रावि चौविसे–८, सरस्वती आवि चौविसे–४, संयुक्त मावि चौविसे–२, मङ्गलादेवी मावि चौविसे–५, धारापानी आवि चौविसे–२ र कुरुलेतेनुपा मावि चौविसे–३ रहेका छन् ।

छथरजोरपाटी गाउँपालिकाका शारदा मावि छथरजोरपाटी–१, भीमेश्वरी आवि छथरजोरपाटी–५, सरस्वती मावि छथरजोरपाटी–, तिलेश्वर मावि छथरजोरपाटी–४, नवनिकेतन प्रावि छथरजोरपाटी–२ र चुलाचुली मावि छथरजोरपाटी–३ रहेका छन् ।

धनकुटा नगरपालिकाका श्री श्रीमान टङ्क मावि धनकुटा–२, देउराली मावि धनकुटा–९, गोकुण्डेश्वर बालमन्दिर मावि धनकुटा–५, भाषा मावि धनकुटा–३ र त्रिवेणी मावि धनकुटा–७ रहेका छन् ।

महालक्ष्मी नगरपालिकाका अन्नपूर्ण मावि महालक्ष्मी–६, जनता मावि महालक्ष्मी–८, राम मावि महालक्ष्मी–९, चानुवा मावि महालक्ष्मी–४, युवा जनसहभागिता आवि महालक्ष्मी–३, सरस्वती मावि महालक्ष्मी–१, नविन शिक्षा सदन मावि महालक्ष्मी–३ र मूर्तिमहेश्वर मावि महालक्ष्मी–१ रहेका छन् ।

पाख्रिबास नगरपालिकाका जलकल्याण आवि पाख्रिबास–७, भारती मावि पाख्रिबास–१०, राम मावि पाख्रिबास–७, नर्वदेश्वर आवि पाख्रिबास–१ र अन्नपूर्ण मावि पाख्रिबास–१ रहेका छन् ।

सहीदभूमि गाउँपालिकाका ठाकुरदेवी मावि सहीदभूमि–६, आदर्श मावि सहीदभूमि–१ र कन्यादेवी मावि सहीदभूमि–४ रहेका छन् ।

साँगुरीगढी गाउँपालिकाका भानु मावि साँगुरीगढी–५, जलकन्या मावि साँगुरीगढी–३ र सीतादेवि मावि साँगुरीगढी–४ विद्यालय छनौट भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

छनौट भएका विद्यालयमा कार्यक्रम सञ्चालन भइसकेपछि कक्षाकोठाको सहजता र आधुनिक प्रविधिको सिकाइले बालबालिकालाई सहज बनाउने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताउनु भयो ।

विद्यालयमा आइसीटी कक्षा सञ्चालन भएपछि सूचना र प्रविधिमा सक्षम बनाउने गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर मिश्रको भनाइ छ ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ६० ओटा विद्यालय छनौटमा परेका छन् ।

स्थानीय तहमार्फत् बजेटको कार्यान्वय हुने र आधुनिक शिक्षा प्रणाली सामुदायिक विद्यालयमा लागू गर्ने सरकारको प्रयास बमोजिम राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालित भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख शम्भुनाथ थापा मगरले बताउनु भयो ।

सन्दकपुर गाउँपालिका–१ को श्री आदरणीय माध्यमिक विद्यालय माइपोखरीमा चार कोठे भवन ,सन्दकपुर–१ श्री चन्द्रोदय आधारभूत विद्यालय दुई कोठे भवन ,सन्दकपुर गाउँपालिका–२ को श्री श्याम्बल माध्यमिक विद्यालय चार कोठे भवन , भगवती माध्यमिक सन्दकपुर गाउँपालिका–५ चार कोठे, र श्री सरस्वती माध्यमिक विद्यालय सन्दकपुर–३ सुलुवुङ गरी पाँच ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् ।

देउमाइ नगरपालिका ६ ओटा विद्यालय छनौटमा परेका छन् । खान्द्रुङ माध्यमिक देउमाइ–६, श्री पञ्चकन्या मावि देउमाइ–४, भानुभक्त मावि देउमाइ–५, भगवती मावि देउमाइ–८, भगवती आधारभूत विद्यालय र  कालिकादेवी आवि देउमाई–५ रहेका छन् ।

सूर्योदय नगरपालिका ११ ओटा विद्यालय छनौट भएका छन् । महेन्द्रोदय आवि सूर्योदय–१, गोरख आवि सूर्योदय–५, ज्ञानोदय सूर्योदय–१३, पध आवि सूर्योदय–७, जनक मावि सूर्योदय–७, कृष्णाश्रम मावि सूर्योदय–७, ज्योती मावि सूर्योदय–१३,वौद्धधाम मावि सूर्योदय–२, सरस्वती मावि सूर्योदय–१४, पञ्चकन्या आवि सूर्योदय–१२ र वौद्ध आवि सूर्योदय–५ रहेका छन् ।

माइ नगरपालिका चार ओटा विद्यालय छनौटमा परेका छन् । कृष्ण मावि माइ नगरपालिका–५, वीरेन्द्र मावि माइ–७, विन्ति विनायक आवि माइ–६ र जनता मावि माइ–१० रहेका छन् ।

माइजोगमाइ गाउँपालिका तीन ओटा विद्यालय छनौटमा परेका छन् । सरस्वती मावि माईजोगमाइ–५, नेपाल ज्योती मावि माईजोगमाइ–४ र शिरिसे मावि माईजोगमाइ–५ रहेका छन् ।

माङ्सेबुङ  गाउँपालिकाका आठ ओटा विद्यालय छनौटमा परेका छन् । सिहेश्वरी आवि माङसेवुङ–६, गजुरमुखी मण्डिका माङसेबुङ–१, जनता आवि माङ्सेबुङ–१, पवित्र आवि माङ्सेबुङ–३,जीवनज्योती मावि माङसेबुङ–३, जनता कल्याण आवि माङ्सेबुङ–२, रत्नदेवी आवि माङ्सेबुङ–१ र महेन्द्रोदय मावि माङसेबुङ–१ रहेका छन् ।

रोङ गाउँपालिकाका सात ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् । सरस्वती मावि रोङ गाउँपालिका–६, मोतीराम मावि रोङ–६, शशी मावि रोङ–२, शङ्कर मावि रोङ–३, कुवापानी मावि रोङ–६, उमामहेश्वर रोङ–५ र शान्ति निकेतन मावि रोङ–३ रहेका छन् ।

इलाम नगरपालिकाका ६ ओटा विद्यालय छनौटमा परेका छन् । नन्द मावि इलाम–१०, बालकन्य मावि इलाम–११, अमर मावि इलाम–५, सुम्बेक मावि इलाम–२, साङरुम्बा मावि इलाम–१२ र बालमण्डल मावि इलाम–४ रहेका छन् ।

चुलाचुली गाउँपालिका तीन ओटा विद्यालय छनौट भएका छन् । बालज्योती मावि चुलाचुली–४, गीताञ्जली आवि चुलाचुली–६ र मिक्लाचोङ्ग मावि चुलाचुली–६ रहेका छन् ।

फाकफोकथुम गाउँपालिकाका ६ ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् । विजय आवि फाकफोकथुम–२, सिद्ध आवि, छाँयादेवी मावि, जनकल्याण मावि, विष्णु मावि र सिंहदेवी मावि रहेका छन् ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार राष्ट्रपति  शैक्षिक सुधार कार्यक्रमका जिल्लाका दुई कोठे भवनका लागि सात ओटा विद्यालय, चार कोठे भवनका सात ओटा र आइसीटीका लागि १२ ओटा गरी ३६ ओटा विद्यालय छनौट भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भीम मिश्रले बताउनु भयो ।

म्याङलुङ नगरपालिकाका पाँच ओटा विद्यालय छनौट भएका छन् । सिंहवाहिनी मावि म्याङलुङ–२, सरस्वती आवि म्याङलुङ–६, कालिका मावि म्याङलुङ–६, सरस्वती मावि म्याङलुङ–१० र जनता आधारभूत प्रावि म्याङलुङ–५ रहेका छन् ।

लालीगुराँस नगरपालिकाका ६ ओटा विद्यालय छनौट भएका छन् । तीनजुरे मावि लालीगुराँस–७, मानस्मारक शिक्षा निकेतन मावि लालीगुराँस–३, जलकन्या मावि लालीगुराँस–५, कालिका मावि लालीगुराँस–५, कृष्ण मावि लालीगुराँस–७ र वसन्त माविक लालीगुराँस–२ रहेका छन् ।

छथर गाउँपालिकाका चार ओटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् । रानीश्चरे आवि छथर गाउँपालिका–३, आङ्दिम जनता मावि छथर गाउँपालिका–१, श्री जनता मावि छथर गाउँपालिका–४ र नविन शिक्षा सदन मावि छथर गाउँपालिका–४ रहेका छन् ।

आठराई गाउँपालिकाका चार ओटा विद्यालय छनौटमा परेका छन् । सिंहदेवी आवि आठराई गाउँपालिका–१, सरस्वती मावि आठराई गाउँपालिका–३, रत्न आवि आठराई गाउँपालिका–४ र श्री रामसंस्कृत मावि आठराई गाउँपालिका–१ रहेका छन् ।

फेदाप गाउँपालिकाका तीन ओटा विद्यालय छनौटमा परेका छन् । श्री ग्रामसुधार मावि फेदाप गाउँपालिका–३, जनज्योति मावि फेदाप गाउँपालिका–१ र श्रीशङ्कर मावि फेदाप गाउँपालिका–३ रहेका छन् ।

मेन्छायायेम गाउँपालिकाका चार ओटा विद्यालय छनौटमा परेका छन् । पञ्चकन्या आवि मेन्छायायेम गाउँपालिका–६, कालिका आवि मेन्छायायेम गाउँपालिका–३, श्री जाँते आवि मेन्छायायेम गाउँपालिका– १ र सिंहदेवी आवि मेन्छायायेम गाउँपालिका–१ रहेका छन् ।

उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ५० ओटा विद्यालय छनोटमा परेका छन् ।

चार ओटा नगरपालिका र चार ओटा गाउँपालिका गरी आठ ओटा स्थानीय रहेकामा सबै भन्दा बढी चौदण्डीगढी नगरपालिकाका १० र  लिङचुङबुङ नगरपालिकाका दुई गरी ५० ओटा विद्यालय छनौट भएका छन् । २३ ओटा विद्यालय आइसीटी भवनका लागि छनौट भएका छन् । १३÷१३ विद्यालय चार कोठे र दुई कोठे विद्यालय भवनका लागि छनौट भएका हुन् ।

श्रीमावि उदयपुरगढी–६, जनता आवि उदयपुरगढी–८, महादेव आवि र नमूना आवि उदयपुरगढी–८, श्रीमावि जल्केनी उदयपुरगढी–४ र मावि नेपालटार उदयपुरगढी–६ छनौटमा परेका छन् ।

कटारी नगरपालिकाका आठ ओटा विद्यालय छनौटमा परेका छन् । चन्द्रावती मावि, माध्यमिक विद्यालय मरुवा, जनता आधारभूत विद्यालय फूलवारी सिरान, जनप्रिय आधारभूत विद्यालय कुरिभञ्ज्याङ्ग, सरस्वती माध्यमिक विद्यालय हडैया, भवरीदेवी आधारभूत विद्यालय तल्लोखैरेनी, दीपेन्द्र माध्यमिक विद्यालय जोगीडाँडा र सरस्वती माध्यमिक विद्यालय भोर्ले छन् ।

चौदण्डीगढी नगरपालिकाका १० ओटा विद्यालय छनौटमा परेका छन् । जनता मावि लुङ्गिन्टार, ज्योती मावि बेल्टार, सगरमाथा आवि भुल्के, सगरमाथा मावि भोर्लेनी, जनज्योति आवि अमलचौरी, कालिका मावि सिरवानी, सरस्वती मावि सावा, सारदा मावि कटहरे, जयकलादेवी आवि कालिटार र पञ्चमी आवि बेल्टार छन् ।

ताप्ली गाउँपालिकाका ६ ओटा विद्यालय राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि छनौट भएका छन् । कालिका आवि कालबोटे हलेदे, महेन्द्र आवि सोरुङ पोखरी, श्री मावि झिल्के पोखरी, श्री मावि कटहरे, श्री महेन्द्र रत्न मावि रुपाटार र मावि ताप्ली चिसापानी  छन् ।

त्रियुगा नगरपालिकाका नौ ओटा विद्यालय छनौटमा परेका छन् । जनक मावि खैजनपुर, सत्यादेवी मावि भुल्के, जनता आवि मोतियाही, मावि साउने, बालमन्दिर मावि बोक्से, जनता मावि कौवाई, श्री मावि चिलाउने, जनता मावि श्रीपुर र जनता मावि रानीवास छनौट भएका छन् ।

बेलका नगरपालिकाका देउराली आधारभूत विद्यालय गलेनी, जनज्योति आवि नाम्केसा, ज्योती आधारभूत विद्यालय भचुवा, जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरी, आधारभूत विद्यालय राक्चे गरी पाँच ओटा विद्यालय छनौट भएका छन् ।

रौतामाई गाउँपालिकाका कौशिका मावि धर्मे, श्री आवि नामन्ता, महेन्द्र मावि नामेटार र आवि बलिनटार गरी चार ओटा विद्यालय छनौट भएका छन् ।

अन्य

भिडियो