INSEC Online

📅 २०८३ जेष्ठ २१

मधेश प्रदेशमा मानव अधिकार सहायता कक्ष स्थापना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश र राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन २९ गते जनकपुरमा मानव अधिकार सहायता कक्षको स्थापना गरिएको छ ।

मानव अधिकार उल्लङ्घनका घटनाहरू अभिलेखिकरण गर्न र पीडितलाई आवश्यक भएको खण्डमा मानव अधिकार सहायता कक्षमार्फत आपतकालिन सहयोग गरिने जनाएको छ । मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सात सदस्यीय मानव अधिकार परिचालन समिती रहेन गरी मानव अधिकार सहायता कक्ष गठन गरिएको हो ।

समितीको फोकल पर्सनको रुपमा इन्सेक मधेश प्रदेश संयोजक राजु पासमान, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका मानव अधिकार अधिकृत मनमाया राणा मगर, एड्भोकेसी फोरम नेपालका प्रदेश संयोजक राजकुमार महासेठ, ओरेक नेपाल धनुषा परियोजना संयोजक रोजलिन सिंह बछार, निल हिरा समाजका प्रदेश संयोजक प्रदिपकुमार यादव, थर्ड एलायन्सका प्रदेश संयोजक अर्जुन साह र आसमान नेपालका राणा समिमलाई मानव अधिकार परिचालन समितीमा सर्वसम्मत चयन गरिएकोछ ।

मानव अधिकार सहायता कक्षमार्फत समितीले मानव अधिकार उल्लङ्घनका घटनाहरूको अभिलेखिकरण गर्ने, घटना अध्ययन गर्ने, न्यायमा पहुँचका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने, उजुरी प्रक्रियामा सहयोग गर्ने, मनोसामाजिक परामर्श सेवाको साथै आपतकालिन सहयोगको लागि समितीले सिफारिस लगायतका कार्य गर्ने इन्सेक प्रदेश संयोजक राजु पासमानले बताउनु भयो ।

समितीको सचिवालय इन्सेक मधेश प्रदेश कार्यालयमा रहने छ भने मानव अधिकार सहायता कक्ष राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयमा रहनेछ । यस मानव अधिकार सहायता कक्षलाई संस्थागत गर्न र प्रभावकारी बनाउन मानव अधिकारको क्षेत्रमा क्रियाशिल सम्पूर्ण संघ, संस्थाहरूका प्रतिनिधिहरूको साथ र सहयोगको इन्सेक र आयोगले अपेक्षा गरेको राष्ट्रिय मानव अधिकार आयोगका कार्यालय प्रमुख वीरबहादुर बुढा मगरले बताउनु भयो ।

Photo20220314Dhanusha (1)

Photo20220314Dhanusha (2)

Photo20220314Dhanusha (3)

Photo20220314Dhanusha (2)

Photo20220314Dhanusha (4)

अन्य

भिडियो