१६ वर्षीया बालिकालाई फागुन १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले चक्रघट्टा गाउँपालिका–६का २२ वर्षीय रामप्रवेश यादवलाई फागुन २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन १८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन २६ गते उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २६ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।