INSEC Online

📅 २०८३ जेष्ठ २१

शैक्षिक सत्र सकिन लाग्दासमेत पाठ्य पुस्तक नपाउदाँ पठन पाठन प्रभावित

शैक्षिक सत्र सकिन  लाग्दासमेत जिल्लाका विद्यार्थीहरूले पाठ्य पुस्तक नपाउदा विद्यार्थीहरूको पठन पाठन प्रभावित बनेको छ ।

थवाङ गाउँपालिका, सुनिल स्मृति गाउँपालिका र  सदरमुकाम स्थित बालकल्याण नमुना माध्यमिक विद्यालय लगायत जिल्ला भरिनै अंग्रेजी माध्यमका पाठ्य पुस्तक नपुग्दा विद्यार्थीहरूको पठन पाठन प्रभावित बनेको हो ।

थवाङ गाउँपालिकाको वीर बलभद्र माविमा कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यममा पठन पाठन  हुने गरेको छ । विद्यालमा समयमै पुस्तक नपुग्दा विद्यार्थीहरू किताव किनेर पढ्नु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कुलबहादुर वलीले बताउनु भयो ।

कक्षा एक देखि तीनसम्मका गणित, विज्ञान, सामाजिक र स्वास्थ्य लगायतका पुस्तकहरू आएका छैनन् । यस्तै सुनिल स्मृति गाउँपालिकामा पनि गणित बाहेकका अंग्रजी भाषा विषयको पाठ्य पुस्तक नआएको सुरदय मावि सुलिचौरका प्रधानाध्यापक  बेगम कवरले बताउनु भयो ।

समयमै किताव नआउदा अध्ययन नै नगरी परीक्षा दिनु पर्ने अवस्था रहेको बालकल्यान नमुना माविमा  अध्यनरत चेतन बुढा मगरले गुनासो गर्नुभयो  ।

“समयमै किताब नपाउदा परीक्षाको तयारीमा समस्या परेको छ ।” बालकल्याण नमुना माविमा अध्यनरत मानसिंह घर्तीको भनाई छ ।

सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना माध्यमिक विद्यालयमा अंग्रेजी माध्यम अन्तर्गतका कक्षा २ र कक्षा ६ का पाठ्य पुस्तक पुस महिनाको दोस्रो साता मात्र आइपुग्यो । केही किताब आइपुगे पनि पुरै किताब भने विद्यार्थीले पाइसकेका छैनन् । कक्षा २ को कम्प्युटर विषयको किताब अझैसम्म नआएको विद्यालयका प्रधानाध्यापक मधुसुधन पोख्रेलले बताउनु भयो । असार, साउन भित्रै आइसक्नुपर्ने किताब निकै ढिलो गरि पुस  महिनाको दोस्रो सातामात्र आइपुगेको उहाँले बताउनु भयो ।

कुसुम पुस्तक तथा स्टेशनरीका सञ्चालक दान केसीका अनुसार कक्षा १ देखि ३ सम्मका अंग्रेजी माध्यमका पाठ्यपुस्तक नेपाल सरकारले नै नछापेका कारण विद्यालयसम्म नपुगेको हो । केसीका अनुसार बढीमा ५ सय रूपियाँ पर्ने किताब २ हजार रूपियाँ भन्दा बढीमा किन्नु पर्ने बाध्यताका कारण अविभावकहरू मर्कामा परेका छन् ।

अन्य

भिडियो