INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

डेढ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरी सार्वजनिक गरेको छ ।

प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र सोही ठाउँका २८ वर्षीय मिथुन चौधरीलाई फागुन २९ गते सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा फागुन २९ गते आयोजित पत्रकार सम्मेलनमा आरोपितद्वयलाई फागुन २८ गते गिरफ्तार गरी सार्वजनिक गरिएको डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।

घटनाका आरोपित अजय चौधरीले फागुन २७ गते बालिकालाई घरमा खेलिरहेको अवस्थामा अपहरण गरी सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खोलामा लगेर बलात्कारपछि बियरको बोटल र ढुङ्गाले हिर्काएर अर्धचेत बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी मुकारुङले बताउनु भयो ।

घटनाका आरोपित मिथुनले समेत बालिकालाई बलात्कारपछि ढुङ्गाले हिर्काएर अर्धचेत अवस्थामा खोलामा अलपत्र छाडेको डिएसपी मुकारुङको भनाइ छ ।

फागुन २७ गते साँझ घरबाट हराएकी बालिका खोला किनारमा अर्धचेत अवस्थामा फेला परेपछि उपचारका लागि सोही दिन विराटनगरस्थित विराट नर्सिङ्ग होममा भर्ना गरिएको थियो ।

बालिकाको उपचारका क्रममा फागुन २८ गते बिहान मृत्यु भएको थियो ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा प्रहरीले छिमेकीलाई गिरफ्तार गरेको हो ।

शवको पोष्टमार्टम फागुन २७ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा गरिएको छ ।

पीडित पक्षले फागुन २७ गते शव बुझी सोही दिन सुन्दरहरैँचा नगरपालिका–७ स्थित घाटमा सद्गत गरेको छ ।

अन्य

भिडियो