१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–५ पावला १९ वर्षीय प्रदीप खत्रीलाई फागुन २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७८ फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २७ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी राईले बताउनु भएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २७ गते गरिएको छ ।