INSEC Online

📅 २०८३ श्रावण १

समाचार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धवलागिरी गाउँपालिका–७ झिनडाँडाकीे २० वर्षीया पुनमाया बि.क.लाई ०८२ माघ ३ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका– २३ ठुलाखेत घर भई पोखरा महानगरपालिका– ७ सृजनाचोक बस्ने

बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुद्वारा मनोननय दर्ता: महिलाको संख्या अत्यन्तै कम

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तिले ०८२ माघ ६ गते उम्मेदवारी दर्ता गरेका छन् । बागमती

मधेश प्रदेशमा प्रतिनिधिसभा निर्वाचन लागि उम्मेदवारी दर्ता

फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रतिस्पर्धाका लागी मधेश प्रदेशका आठ ओटै जिल्लाका ३२ निर्वाचन क्षेत्रमा  ०८२ माघ ६ गते उम्मेदवारीका लगी मनोजयन दर्ता सम्पन्न भएको छ । इन्सेक

कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा  १ सय ३७ जनाको उम्मेदवारी

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा विभिन्न राजनीनितिक दल र स्वतन्त्र व्यक्ति सहित १ सय ३७ जनाले उम्मेदवारी दर्ता गरेका छन्

प्रतिनिधिसभा सदस्य निर्वाचनः बेलुकी ६ः०० बजेसम्म २ हजार ९ सय २५ को उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ः०० बजेसम्म २ हजार ९ सय २५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ०८२ माघ ६ गते देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताउनुभएको छ । यसले मतदाताको मतदान

प्रहरी हिरासत रहेका एक जनाको मृत्यु

पथरीशनिश्चरे नगरपालिका–४ का २३ वर्षीय ज्ञानदीप राईको प्रहरी हिरासतमा रहेको अवस्थामा उपचारका क्रममा मृत्यु भएको छ । लागुऔषध मुद्दामा इलाका प्रहरी कार्यालय, पथरीको हिरासतमा रहेका राईको उपचारका क्रममा ०८२ माघ

बागमती प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इन्सेक मकवानपुर प्रतिनिधि मन्जिला मैनालीका अनुसार ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

पाल्पामा २९ मतदान स्थल अति संवेदनशील

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि पाल्पाका दुवै निर्वाचन क्षेत्रमा गरी २९ मतदान स्थल अति संवेदनशील, ५० मतदान स्थल संवेदनशील र ३९ मतदान स्थल सामान्य रहेको प्रमुख

प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ : कोशीमा ४ सय २१ मतदानस्थल अति संवेदनशील

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन आयोगले निर्धारण गरेका १ हजार ९ सय ७ मतदानस्थलमध्ये ४ सय २१ मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ । भौगोलिक विकटता,

इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको स्वचालित इन्सास राइफलको २१ राउण्ड गोली फेला

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, दमकबाट प्रर्दशनकारीद्वारा लुटिएको स्वचालित हतियार(इन्सास) को २१ राउण्ड गोली फेला परेको छ । दमक नगरपालिका–८ अर्गानिक कृषि भवनको पूर्वपट्टी गेटछेउमा ढुङ्गाको चेपमा कालो प्लाष्टिकमा पोको

सुधारगृहका रुपमा रुपान्तरण हुन सकेनन् कोशी प्रदेशमा रहेका कारागार

अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका जिल्ला कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा आवश्यक

विपद् पीडितद्वारा आवास निर्माण पूरा, राहत रकमबाट विमुख

मनसुनजन्य विपद्का कारण घरविहीन भएका  विपद् पीडितलाई आवास निर्माणका लागि राहत रकम उपलब्ध गराउने सरकारी व्यवस्था भएपनि जिल्लाका धेरै विपद् पीडितले घर निर्माण सम्पन्न गरेपनि राहत रकमबाट भने वर्षौँदेखि विमुख

मधेश प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ मधेश प्रदेशका जिल्लाहरुमा ०८२ माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । इन्सेक

हिरासतबाट भागेका एक जना थुनुवा गिरफ्तार

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ । लागू औषध मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको दमकमा हिरासतमा रहेको अवस्थामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिका–७ का २० वर्षीय कृष्ण योक्पाङदेनलाई माघ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८२ माघ १ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१६ टिकुलियाका  २७ वर्षीय अमन सदालाई माघ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ पुस २८ गते बलात्कार गरेको

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ०८२ माघ ४ गते मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको माघ ४ गते बसेको बैठकले यस्तो

कोशीमा प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२: २८ निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले ०८२ फागुन २१ गते निर्वाचनका लागि मिति तोकेपछि निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि माघ २ गते कोशी प्रदेशका २८

नक्खु कारागारबाट भागेका कैदी नेपालथोकबाट गिरफ्तार

नक्खु कारागारबाट भागेका सुनकोसी गाउँपालिका–१ निवासी ४२ वर्षीय सिताराम भुजेललाई ०८२ माघ २ गते प्रहरी चौकी कुशेश्वर दुम्जाका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज थापाको नेतृत्वमा खटिएको टोलीले सुनकोसी गाउँपालिका–१ नेपालथोक